तनहुँमा लक डाउनलाई कडाई हप्ताको चार दिन मात्रै दमौली बजार खुल्ने तनहुँमा लक डाउनलाई कडाई हप्ताको चार दिन मात्रै दमौली बजार खुल्ने

अमरराज नहर्की/तनहुँ समाचारदाता
तनहुँ, वैशाख ६ गते ।

तनहुँको सदरमुकाम दमौलीमा हरेक दिन विहान चार घण्टा खाद्यान्न तथा तरकारी,फलपूmल तता माछामासु पसल सञ्चालन गरिएकोमा आईतबारबार समय कटौती गरिएको छ । व्यास नगरपालिकाले हप्ताको ४ दिन मात्र दमौली बजार खुल्ला गर्न अनुमति दिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) बाट सङ्क्रमणमा पर्नेको सङ्ख्या नेपालमा बढ्दै गएकोेले कडाई गरिएको हो । नगरपालिकाको बजार अनुगमनसमितिका संयोजक एवं नगरउपप्रमुख मिरा जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले समय मङ्गलबारबाट समय कटौती गरेको हो । खाद्य पसलहरु हरेक हप्ताको सोमबार, मङ्गलबार, बुधबार र विहीबार गरी ४ दिन दिनको ११ देखि २ बजेसम्म मात्रै खुला गर्न पाउने निर्णय गरेको छ । नगरपालिकाले अत्यावश्यक खाद्यान्न सामाग्रीका लागि हरेक दिन विहान ७ देखि १० बजेसम्म र निर्माण सामाग्री ढुवानीका लागि दिउँसो ३ देखि साँझ ८ बजसम्म खुल्ला गर्ने गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट आउने कुनै पनि तरकारी तथा फलफुल पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ । जिल्ला भित्रिने सबै प्रकारका फलफूल कोरोना सङ्क्रमण भएका क्षेत्रबाट आउने हुँदा सम्पूर्ण फलफूल पसलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय नगरपालिकाको बजार अनुगमन समितिले गरेको छ । यस्तै, बजारमा अत्यावश्यकवस्तुहरुको अनावश्यक मूल्य वृद्धिगरी पसल पिच्छे फरक फरकमूल्य दर रहेको हुँदा उपभोग्यवस्तुको मूल्यमा एकरुपता कायमगर्न सम्पूर्ण पसलहरुमा हरेक दिनको प्रत्येक सामाग्रीको मूल्यसूचि अनिवार्य रुपमा राख्नु पर्ने नियम राखेको नगरपालिकाले विज्ञेप्ती जारी जनाएको छ । कृषकहरुलाई अत्यावश्यक पर्ने मल, विऊविजन तथा किटनासक औषधीहरु सहज रुपमा आपूर्ति हुने व्यवस्था मिलाउन सबै सम्बद्धपक्षले समन्वय एवं सहयोग गर्दै मल तथा विउविजनहरु पनि हप्ताको ४ दिन विहान ११ देखि दिउँसो २ बजेसम्म खुल्ला गरिने विज्ञेप्तीमा जनाईएको छ ।

शुक्लागण्डकीमा हप्ताको दुई दिन मात्रै खुला

यसैबीच तनहुँको शुक्लागण्डकी नगरपालिकाले हप्तामा २ दिन मात्रै खाद्यान्नका पसल सञ्चालनमा ल्याएको छ । खाद्यन्नका पसल आईतबार र विहीबार विहान ६ बजेदेखी १० बजेसम्म मात्र खोल्ने निर्णय गरिएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । कोरानोको जोखिम बढी भएकाले तरकारी तथा फलफुलका पसललाई बन्द गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सङक्रमित जिल्लाबाट आएका तरकारी तथा फलपूmल नियन्त्रणमा लिई खाल्टो खनि पुरिएको पनि उहाँले बताउनुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker