Trending

नीति तथा कार्यक्रम संसदबाट पारित

काठमाडौं : आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम भारी बहुमतले संसदबाट पारित भएको छ ।

आव २०७७, ०७८ को नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रमबारे दुबै सदनमा आइतबार र सोमबार सांसदहरुले छलफल गरेका थिए । दुई दिनको छलफलपछि नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा जवाफ दिनुभयो ।

प्रधानमन्त्रीको जवाफपछि सांसदहरुले केही जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले सांसदहरुको ती जिज्ञासाको पुन जवाफ दिनुभयो । त्यसपछि सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रम संसदमा निर्णयार्थ पेश गर्नुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रम संसदबाट भारी बहुमतसहित पारित भएको हो ।

नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका सांसदहरुले ७ वटा संशोधन प्रस्ताव पेश गरेका थिए । विभिन्न दलका सांसदहरुले छुट्टाछुट्ै रुपमा पेश गरेको ती संशोधन प्रस्ताव संसदको बहुमतले अस्वीकृत गरेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker