अाज मात्रै २७,कूल ४०२संक्रमित

काठमाण्डौं – नेपालमा मंगलबार एकै दिन २७ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमित संख्या ४०२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अाज उक्त कुराकाे जानकारी दिएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो । नयाँ संक्रमित काठमाडौं, भक्तपुरका साथै झापा र अन्य जिल्लाका छन् ।

प्रवक्ता डा.देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिदै नेपालमा अहिलेसम्म ३२ हजार ६०४ लाई पीसीआर विधिबाट र ७४ हजार ६४९ जनालाई आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार २८० र आरडीटी विधिबाट ५ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६२३ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १७ र उपत्यका बाहिर ४४० गरेर आइसोलेसनमा ४५७ जनालाई राखिएको छ।

मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष उपचार पछि घर फर्किएका छन् । योसँगै उपचार पछि घर फर्किनेको संख्या ३७ पुगेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.