Trending

नेपालमा काेराेनाका कारण दाेश्राे व्यक्तिकाे पनि मृत्यु

४ जेठ, काठमाडौं ।

नेपालमा कोरोना भाइरसबाट अाज एकजनाकाे मृत्यु भएसंगै मृत्यु हुनेकेाे संख्या २ पुगेकाे छ ।

(कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट अाज मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियाे ।

उनलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयबासीको दाबी छ । र, उपचार अभावकै कारण उनको मृत्यु भएको भन्दै उनीहरुले आक्रोस पोखेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

यसअघि  कोरोना भाइरसबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

अहिलेसम्म नेपालमा संक्रमितकाे संख्या २९२ पुगेकाे छ भने ३६ जना निकाे भएर घर फर्किसकेका छन् ।

बाँकीकाे उपचार भइरहेकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker