Trending

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ ।

कोरोनाका कारण बेरोजगार भएकालाई रोजगारी र विपन्न, गरीब, न्युन आय भएकालाई आद्यान्न लागायत सहुलितपुर्ण कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

साथै सरकारले नागरिक स्वास्थ्यलाइृ मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु ल्याउने बताएको छ ।
कोरोनाले अर्थथन्त्र तहसनहस हुने भएकाले देशमा भोकमरी लगायत गरीबी बढ्न सक्ने कुरालाई मध्याजर गर्दै कृषीलाई पनि प्राथमिकतामा राखिएको छ ।

अन्तराष्ट्रिय विमानस्थल र सीमाका नाकाहरुमा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइनहरुको स्थापना गरिनुको साथै महामारी लम्बिएमा कार्यक्रमको पुनः प्राथमिकिकरण गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएका छ

त्यसैगरी अहिले सीमा विवाद तातेका बेला यसलाई पनि सरकारले आफ्नो आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको छ ।

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत भारतबाट अतिक्रमित अन्य नेपाली भूभागलाई समेटेर सरकारले नेपालको नयां नक्सा सार्वजनिक गर्ने समेत आफ्नो आगामी नीति तथा कार्यक्रममा राखेको छ ।

नीति तथा कार्यक्रमको पुर्ण पाठ पढ्नुहोस

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker