Trending

पालुङ्टारमा नियमित खोप सञ्चालन हुने

रविन्द्र कंडेल
गोरखा संसार
जेठ २, गोरखा

गोरखाको पालुङ्टार नगरपालिका मा लकडाउनका कारण अवरुद्ध भएको नियमित खोप कार्यक्रम जेठ महिनादेखि शुरु हुने भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण विगत केही महिनादेखि नियमित खोपको कार्यक्रम समेत स्थगित गरिएकोमा जेठ २ गते बसेको नगर स्वास्थ्य शाखाको बैैठकले नियमित खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।
नियमित खोपअन्तर्गत च्याङ्ली स्वास्थ्य चौकीले जेठ ४ गते च्याङ्ली स्वास्थ्य चौकी र जेठ ५ गते खत्रीटार शहरी स्वास्थ्य केन्द्र र अवण्डामा खोप सञ्चालन हुने च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभएको छ ।

नेपाल सरकारकाे प्रावधानअनुसार जन्मेदेखि २३ महिनासम्मका शिशुहरूलाइ बि.सि.जी, डि.पि.टी, दादुरा रूबेला लगायतका गरी विभिन्न ७ प्रकारका खाेप लगाउनुपर्नेमा नेपालमा लकडाउन भएसँगै यस नगरपालिकामा  बैशाख महिनामा खाेप लगाइएकाे छैन ।

नगरपालिका भित्र आँपपिपल अस्पताल सहित ७ स्वास्थ्य चौकी, ४ शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ १, आयुर्वेद र १ बर्थिङ सेन्टर, आकस्मिक प्रसुति केन्द्र १ र किशोर किशोरी मैत्री स्वास्थ्य सस्था ३, सुरक्षित गर्भपतन सेवा केन्द्र ६, ओटीसी सेन्टर २, आधारभूत ल्याब १ र २९ खोप क्लिनिक, गाउँघर क्लिनिक १८, लगायतका स्वास्थ्य संस्थाहरु रहेका छन् ।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker