
मनाेज श्रेष्ठ
भानु ,जेष्ठ २।
भानु २ सामुदायिक विकास सहकारी सस्था लि. भानु २ ठुलो बगैचाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि नगरपालिकाको सो कोषको खातामा सहकारीले नगद ५१ हजार रुपैंया नगर प्रमुख उदय राज गौली लाई हस्तान्तरण ।
नगद ५१ हजार रुपैंया नगरपालिका प्रमुख उदय राज गौलीलाई आज हस्तान्तरण गरिएको सहकारीका सचिव तोरन अधिकारीले जानकारी दिनु भयो ।
नगद हस्तान्तरण कार्यक्रममा भानु नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र देब पान्डे,सहकारीका अध्यक्ष हरिराम आचर्य , सचिव तोरन अधिकारी , सदस्य उपेन्द्र बिस्ट, उपस्थिती रहेको थियो।
यस बिषम परिस्थितीमा नगरपालिकाको राहत कोषमा सहकारीले आर्थिक सहयोग गरेको भन्दै प्रमुख गौलीले आफ्नो व्याक्तिगत तथा नगरपालिकाको तर्फबाट सहकारी सस्थालाई बिशेष धन्यवाद ज्ञापन प्रकट गर्नुभएको थियो ।