Trending

सीमा सुरक्षाकाे लागि छाङरुमा पुग्याे शसस्त्र प्रहरी

काठमाडौँ,३१ वैशाख

भारत सरकारले नेपालकाे भूमि लिपुलेकमा अतिक्रमण गरी मानसराेवर सम्म जाने  बाटाे बनाएर उदघाटन गरेका कारण सीमा सुरक्षाकाे लागि खटिएकाे सशस्त्र प्रहरी बलको टाेली अाज दार्चुलाको छाङरुमा पुगेकेा छ ।

टाेली अाज हेलिकाेप्टरबाट उक्त क्षेत्रमा पुगेकाे हाे ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट स्थापना भएको छ ।

भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । आज सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । अहिले २५ जनालाई अहिले बीओपीमा राखिएको र अरुलाई भोलि पठाउने सशस्त्र प्रहरीले जनाएको छ । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित पोष्टमा नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द गनुभएको छ । छाङ्रुमा भाडाको घरमा पोष्ट स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker