रेल सेवा सञ्चालनमा

गाेरख संसार

भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुबहाक रेल सेवा सञ्चालन गरेको छ । केन्द्र सरकारको यो निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।

भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएको पछि रेललगायत सार्वजनिक यातायात पनि पूर्ण रुपमा बन्द हुन भएका थिए । तर, लकडाउन खुकुलो बन्ने क्रमसँगै रेल सेवा सञ्चालन गर्न लागिएको हो । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुने गरि तयारी भएको छ । टिकट पक्का भएका र कोरोना भाइरसको लक्षण नभएका यात्रुहरुले मात्र यात्रा गर्न पाउने भनिएपनि यसबाट जोखिम हुन सक्ने भन्द्यै सरकारी निर्णयको आलोचना भने सुरु भएको छ । यसैबीच, भारतमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार छ सय नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै, भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.