नेकपा का जिल्ला इन्चार्ज सहित जिल्ला नेताहरू गिरफ्तार

गाेरखा संसार

बैशाख २४

इलाम : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले आफ्नो पार्टीका जिल्ला इन्चार्जसहित तीनजना कार्यकर्तालाई प्रहरीले सुतेको समयमा मध्यरातमा एकतर्फी फयरिङ गर्दै गिरफ्तार गरेको भन्दै घटनाको निन्दा गरेको छ । पार्टी कार्यकर्तालाई तत्काल रिहा नगरिए अवस्था भयानक हुने चेतावनी पनि नेकपाले दिएको छ ।

नेकपाका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी नेकपाका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङ तामाङ र पासाङ शेर्पालाई सोमबार राति सुतिरहेको अवस्थामा त्रास फैलाउने गरी एकतर्फी फायरिङसमेत गरेर प्रहरीले गिरफ्तार गरेको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।

प्रतापको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी इन्चार्जसहित तीनैजनालाई वैशाख २२ गते राती करिब १२ बजे सुतिरहेको स्थानबाट जनताको बस्तीमा त्रास फैलाउने गरी फायरिङसमेत गर्दै गुन्डागर्दी शैलीमा इलामको माई नगरपालिका ९ बोरुङबाट बिनाकारण गिरफ्तार गरेकोमा नेकपा मेची–कोसी ब्युरो घोर निन्दा तथा भत्र्सना गर्दछ ।’

नेकपाले गिरफ्तार तीनैजनालाई यथाशीघ्र रिहा गर्न माग गर्दै न्याय र परिवर्तनको आवाज बन्दुकको बलबाट रोक्ने कुचेष्टा गरिए त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिकाे पूर्णपाठ….

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.