तनहुँकाे बन्दिपुर गापामा सहयाेग अाउनेक्रम जारी

प्रतिक गुरूङ

गाेरखा संसार,

बैशाख २१

तनहुँकाे बन्दिपुर गापामा काेराेना राेकथाम र रहत काेषमा सहयाेग अाउनेक्रम जारी छ ।
गापाका अध्यक्ष पूर्णसिंह थापाले दिनुभएकाे जानकारी अनुसार अाईतबार नेपाल कम्युनिष्ट ( नेकपा ) बन्दिपुरले १ लाख ५१ हजार १ सय ५१ नगद, ४५ बाेरा चामल, २ बाेरा नुन, १ कार्टुन खानेतेल र ६ कार्टुन पानी सहयाेग प्रदान गरेकाे छ ।
लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयाेग प्रदान गर्नु सवैकाे कर्तब्य भएकाे नेकपा बन्दिपुर गाउँ कमिटिकि अध्यक्ष विद्या क्षेत्रीले बताउनु भयाे ।
यसैबीच नेपाली काँग्रेस बन्दिपुर गाउँ कमिटिले पनि काेराेना राेकथाम र राहत काेषमा नगद १ लाख ५४ हजार ८सय ५० सहयाेग गरिएकाे गाउँ कमिटिका अध्यक्ष कर्ण खत्रीले जानकारी दिनुभयाे । विपतकाे समयमा सवैले अा-अाफ्नाे तर्फबाट सहयाेग गर्नु पर्ने भन्दै नेपाली काँग्रेस सदैव जनताकाे साथमा रहेकाे नेपाली काँग्रेस तनहुँका काेषाध्यक्ष रेशम गुरुङले बताउनु भयाे । समाजसेवी गाेपाल अधिकारीले राहत काेषमा सहयाेग गर्न पाउँदा अत्यान्तै खुशी लागेकाे बताउनु भयाे ।
कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष करुणा गुरुङ , वडा नं. १ का अध्यक्ष भानुभक्त पाेख्रेल, ६ का अध्यक्ष सन्त बहादुर गुरुङ , वडा नं. ४ का कार्यबाहक अध्यक्ष दान बहादुर थापा , नेकपाका नेता ईन्द्र कुँवर , जीवन कायस्थ, काँग्रेस नेतृ रीता तिवारी, प्रमुख कार्यकारी अधिक्रित नरहरी सापकाेटा , सुचना अधिकारी गिरबहादुर राना लगाएतकाे उपस्थित रहेकाे थियाे ।
यश अघि समाजसेवी एवं रेडियाे बन्दिपुरका अध्यक्ष सन्त कुमार श्रेष्ठले नगद ५ लाख , छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था डुम्रेले ५१ हजार र बन्दिपुर महिला बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार सहयाेग प्राप्त भएकाे गापाले जनाएको छ ।

Back to top button