Trending

२४ वैशाखमा ८ कक्षाकाे नतिजा प्रकाशन हुने

२४ वैशाखमा म्याग्दे गाउँपालिकाले ८ कक्षाकाे नतिजा प्रकाशित गर्ने कक्षा १ देखि ९ सम्मकाे परिक्षाफल प्रकाशित गर्न ३१ विधालयलाई निर्देशन

गाेरखा संसार

तनहुँ (म्याग्दे)१९ वैशाख

म्याग्दे गाउँपालिका स्थरिय कक्षा ८ काे परिक्षाकाे नतिजा अागमि २४ वैशाखमा प्रकाशित गर्ने भएकाे छ । परिक्षाकाे नतिजा प्रकाशित गर्ने गरि अावश्यक कामहरू अगाडि गाउँपालिकाले गरिरहेकाे छ । काेभिड -१९ काे राेकथाम , नियन्त्रण र उपचारका लागि सरकारले गरेकाे लकडाउनका कारण परिक्षाकाे नतिजा प्रकाशित हुन सकेकाे थिएन । गा.पा.ले फागुन २७ देखि ५ चैत्रसम्म ८ कक्षाकाे परीक्षा सचालन गरेकाे थियाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले लामाे समयसम्म परिक्षाकाे नतिजा प्रकाशित नहुदा विधार्थि तथा अभिभावक अन्याेलमा परेकाले नतिजा प्रकाशित गर्ने निर्णय गरेका हाै । कक्षा ८ मा ३ सय ८२ जना विधार्थि छन् । त्यस्तै, म्याग्दे गा. पा. अन्तरगत रहेका सामुदायिक तथा निजि सवै विधालयलाई २४ वैशाखमा कक्षा १ देखि ९ सम्मकाे नतिजा प्र काशित गर्न शुक्रबार टेलिफाेन,ईन्टरनेट, ईमेल,म्यासेन्जर मार्फत निर्देशन दिएका छाै, प्रमुख प्रशासकिय अधिकृत नागिलाले बताए । सरकारले घाेषणा गरेकाे लगडाउनकाे विधि र प्रकृयालाई पुर्ण रूपमा पालना सहित विधुतिय सचार माध्यमलाई उच्चतम प्रयाेग गरि नतिजा प्रकाशित गर्ने गरि कामलाई अगाडि बढाउन विधालयका प्र.अलाई निर्देशन दिएका छाै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने । म्याग्दे गा.पा.मा ३५ विधालय मध्ये ९ मावि,४ अाधारभुत,२२ प्रावि छन् । विधालयकाे नतिजा प्रकाशित गर्ने स्थानीय तहमध्ये म्याग्दे गा.पा पहिलाे हुने छ । विधालयले अाईतवार देखि दैनिक प्रशासन शाखा खुल्ला गरि परिक्षाकाे कामलाई अगाडि बढाउने गरि काम गर्न निर्देशन विधालयका प्र . अ. लाई दिएका छाै, शिक्षा शाखा प्रमुख वुदिसागर खनालले भने । विधालयले परिक्षाकाे नतिजा सुचना पाटिमा टास गर्ने र विधार्थि तथा अभिभावकलाई ईमेल,ईन्टरनेट,मार्फत जानकारि दिने छन् । विधालयले परिक्षाकाे नतिजाकाे जानकारि गा.पा.लाई पनि अनिवार्य दिनेछन ।

Back to top button