Trending

रतुवा मृग मार्ने दुईजना पक्राउ

सप्तरी :
सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् ।

महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ ।

पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सो कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिनुभयो ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानूनी कारवाही गरिने उहाँले बताउनुभयो ।

मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ ।

यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

Back to top button