नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते : एककाे हात र एककाे पाखुरा नै भाँचियाे

परासी :  पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको अन्धाधुन्ध कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा राती ९ बजेको समयमा शसस्त्र प्रहरीको कुटार्ईबाट एक बृद्धा सहित २ जना बालक घाईते भएका हुन् । घाईते भएकोमा भगतपुरवाँ निवासी ७० बर्षिय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ बर्षिय अक्लेश गौड र १६ बर्षिय मुन्ना गौड रहेका छन् ।

यि तिनै जनामध्ये पुर्णवासी र अक्लेशलाई बढि चोटपटक लागेको छ । ७० बर्षिय पुर्णवासी गौडको पाखुरा भाँचिएको, टाउँ फुटेको, हात सहित विभिन्न ठाउँमा घाउ लागेको छ भने १४ बर्षिय अक्लेश गौडको हात भाँचिएको र शरिरको विभिन्न ठाउँमा घाउ लागेको छ त्यस्तै लाठीचार्ज हुँदा भाग्ने क्रममा मुन्ना गौडलाई प्रहरीको लाठीले कम्मरमा घाउको निशान बसेको देखिएको छ । सिमामा निगरानी गर्न सिमा अस्थायि पोष्ट राखि खटिएको शसस्त्र प्रहरीले हामीलाई लखेटी–लखेटी लाठीचार्ज गरेको घाईतेकोहरुको दावी छ । अहिले घाईतेहरुको उपचार परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।

यसरी घटयो घटना :
गएराती ९ बजेको सयमा भारतबाट केहि स्थानिय तस्करहरु शसस्त्र प्रहरीको सेटिङ्गमा ७/८ वटा सुंगुर नेपाल भित्राईरहेको घाईते अक्लेश गौडले देखेपछि घटना बाहिर आउला भन्ने आशंकामा यो घटना घटन पुगेको बताउछन् । सो क्षेत्रबाट सुंगुरको तस्करी भैरहेको र रातीको घटना मैले देखेपछि शसस्त्र प्रहरी आफनो घटना लुकाउन मेरो मोबाईल खोसी मलाई कुटपिट गरेको गौडले बताए ।

भगतपुरवाँ दशगजाबाट करिब ३ सय मिटरको दुरीमा रहेको एक गाउँ हो । दशगजामै लामो समयदेखि अक्लेश गौडका बुवा रक्सी पसल संचालन गर्दै आएका थिए तर अहिले लकडाउनले सो पसल बन्द छ । पसलमा एक साइकल र एक भारतीय पलेटको मोटरसाईकल र केहि सर–सामान रहेकाले उसको रेखदेख गर्न पसल साहु पसलमा सुत्दै आएका थिए । एक दिन अगाडी पसलमा सुत्न गएका पसलेलाई सिमा खटिएको शसस्त्र प्रहरीका जवानहरुले अब यहाँ नसुत्नुस भनि फर्काएपछि गएराती ९ बजेको समयमा उनका छोरा अक्लेश गौड मोबाईलको बत्ति बाल्दै पसलमा झुल लिन गएका थिए कि उनले भारतबाट ७/८ वटा सुंगुर नेपाल भित्रिरहेको देखे । उनी पसलतिर बढिरहदा शसस्त्र प्रहरीका जवानहरुले उनलाई देखेपछि मोबाईलमा फोटो खिचिएहोला भनि मोबाईल खोसेर कुटपिट गर्न थालेको घाईते अक्लेश गौड बताए ।

शसस्त्र प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका गौड घर फर्किएपछि आफनो घरपरिवारलाई खबर गरे । परिवारले घटना बुझन दशगजामा पुग्न आँटेथियो कि फेरि ५ जना शसस्त्र प्रहरीको टोलीले लखेटदै लाठी प्रहार गर्न थाल्यो जसबाट भाग्न नसकेर ७० बर्षिय वृद्ध पुर्णवासी गम्भीर घाईते भएको र अर्काे मुन्ना गौड प्रहरीको लठठी खान परेको बताए । शसस्त्र प्रहरीको यस्तो अत्याचारको विरुद्धमा अवास उठाउन राती नै गाउँका मान्छेहरु दशगजा जान खोज्दा सो पोष्टमा शसस्त्र प्रहरीको ठुलो जमात ईकठ्ठा भईसकेको र लखेटन थालेको स्थानिय सुरेन्द्र गौडले जानकारी दिए ।

के भन्छन शससत्र प्रहरीका एसपी
यता शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले, मोटरसाईकलमा रक्सी बोकेर भारत लैजान खोज्दा प्रहरीले रोकछेक गरेपछि गाउँनै उल्टेर हाम्रा जवान र पोष्ट माथि आक्रमण गर्न खोज्दा डिफेन्समा लाठीचार्ज भएको बताए । राती ९ बजेको समयमा एक भारतीय मोटरसाईकलमा रक्सी लोड गरि भारत लैजाने क्रममा सिमा खटिएको सुरक्षाकर्मीले देखेर लखेटदा मोटरसाईकल छोडी रक्सी लिई उनीहरु भागेको बताए ।
मोटसाईकल नियन्त्रणमा लिइएको र तस्करी गर्न नदिएको भन्दै गाउँलेहरु नै अस्थायि पोष्ट उखेल्न र सिमा खटिएका शसस्त्रका जवानहरु माथि आक्रमण गर्न खोज्दा डिफेन्स लिइएको शसस्त्र प्रहरी उपरिक्षक खनियाले जानकारी दिए । विगत केहि दिनदेखि लकडानको मौका छोपी स्थानिय तस्करहरु रक्सी, लागु औषध सहित विभिन्न सरसमानको लुकी छिपी तस्करी गरिहेको रहेको घटनाहरु बाहिर आउन थालेको छ ।

यता शसस्त्र प्रहरीको कुटाईबाट घाईतेहरुको अवस्था देखेपछि जिल्लाका विभिन्न राजनितिक दल प्रमुख / प्रतिनिधि र नागरिक समाजले घटनाको घोर निन्दा गरेको । एका त १४ बर्षिय बालक र ७० बर्षिय बृद्धाले रक्सीको तस्करी गरेको कुरा पत्याउन लायक नरहेको अर्काे तर्फ दोषिलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्ने ठाउँमा मानवअधिकारको उलङ्गन गर्दै कुटपिट गरि गम्भीर घाईते बनाउनु शसस्त्र प्रहरीको ज्यादती नै भएको आलोचना गरेका छन् ।

साभार ः साैराहा अनलाइन

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.