
गाेरखा संसार
बैशाख १४, काठमाडौं :
झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार थप एक जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० बर्षका पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो । उनीको स्वास्थ्य अवस्स्था सामन्य भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
अहिलेसम्ममा १६ जना संक्रमितहरू निकाे भएर घर फर्किसकेका छन् ।