
तनहुँ समाचारदाता
तनहुँ, वैशाख १३ गते ।
तनहुँको भानु नगरपालिका ६ स्थित नाव्रुङमा मृत्यु भएको घटनामा १६ जना विरुद्ध शनिबार किटानी जाहेरी भएको छ । विहीबार भएको घटनाको वडा नं. ५ का अध्यक्ष प्रकाश मल्ल (टाइसन) सहित १६ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिनुभयो । तीन दिन अघि शङ्कास्पद ढङ्गवाट २१ वर्षीय पविन गुरुङको मृत्यु भएपछि पिडीत परिवार जाहेरी दर्ता गराउन दैनिक जसो जिल्ला प्रहरी कार्यालय धाइरहेको थियो ।
नाव्रुङको फापर वारीको जगलमा रहेको खोल्सीमा वैशाख ११ गते ति युवकको लाश भेटिएपछि पिडीत परिवार किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुग्ने गरेका हुन् । सोही वडामा रहेको थापा होटलमा मादक पदार्थ सेवन गर्दा दुई समूह विच झडप भएको र सोही दिन देखि ति युवक वेपत्ता भएका थिए । वैशाख ९ गते देखि हराएका ति युवकको लाश विहीवार नाव्रुङको जंगलमा उत्तानो परेको अवस्थामा भेटिएको गाउँलेहरुले वताए । छोराको कुटपिट गरि हत्या गरिएको आरोप मृतकका वावु वुद्धि राज गुरुङले लगाएका छन । घटनाको निष्पक्ष छानविन गरी दोषी माथी कारवाही हुनुपर्ने माग गर्दै किटानी जाहेरि दिन लागेपनि प्रहरीले दर्ता गर्न आनाकाली गरेको थियो । वडा अध्यक्ष बाहेक अरुको किटानी जाहेरी ल्याउन प्रहरीको दवाव आएको मृतक परिवार जनको छ ।
घटना शङकास्पद देखिएको प्रहरी उपरिक्षक सिलवालले बताउनुभयो । शंकास्पद १६ जनालाई नै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो । वडा अध्यक्ष मल्ल सहित १६ जना विरुद्ध किटानी जाहेरी परिसकेकोले हामीले अनुसन्धानलाई तिब्र बनाएकाछौ उनले भने । मृतकको लाश पोष्टमार्टमका लागी पोखरा लगिने भएको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य बाहिर नआएसम्म लाश नबुझ्ने पीडित पक्षको माग छ ।