पहिरोले दुई दर्जन वढी घरहरुमा क्षती

अमरराज नहर्की

तनहुँ, वैशाख १३ गते ।

केहि दिनयता देखि परेको अविरल वर्षाले बाढी र पहिरो जाँदा तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ३ स्थित दुई दर्जन वढी घरहरु क्षती पुगेको छ । वडा नम्बर १ को लिचिघारीमा एक दर्जन घर पहिरोले सङ्कटमा परेको हो ।

पहिरोले कृष्णप्रसाद पौडेलको पूर्ण रुपले भत्काएको छ भने सुन्दरी नागिला, पदमबहादुर विक, पदमबहादुर विक, सुनिता ज्ञावली, उत्तम पुलामीको घर सङ्कटमा पारेको छ । यसैगरी अनिता रुचाल, पुजा रुचाल, मनोज धमेल, सुर्य मग्राती, काजी बस्नेत, गीता पौडेल लगायतको घरमा पनि नोक्सान पु¥याएको स्थानीय हरिराम पौडेलले जानकारी दिनुभयो । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षती पुगेको उहाँले जानकारी दिनुभयो । पानी घर÷घरै बुल्दी खोला भैं शुक्रबार राती परेको अविरल वर्षाले नोक्सान पु¥याएको र मुचुल्का उठाएर क्षतीको विवरण सङ्कलन भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिनुभयो । पहिराले बन्दै गरेको धुब्र बस्नेतको घरमा पनि क्षेती पु¥याएको प्रहरीले जनाएको छ । वस्ती नजिकै प्लटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घर भत्काएको सुमिता पौडेलले जानकारी दिनुभयो । पहिरो पडीत बासिन्दाले जथाभावी प्लटिङ गर्ने कार्य रोक्नु पर्ने र स्थानीय सरकारले तत्कालै समाधानको लागि पहल गर्नु पर्ने माग राखेका छन् यसैगरी पहिरोकाले व्यास नगरपालिकाको वडा नम्बर ३ दुर्गा मन्दिर लाईनका पनि क्षेती पुगेको छ । बस्तीमुनी गएको पहिराले एक दर्जन वढी घरहरु सङ्कटमा परेको वडा नं.३ का वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रेमकुमार श्रेष्ठ, रविचन्द्र वाग्ले, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ, नन्द लाल शर्मा लगायतकाको घर खतरामा परेको जानकारी उहाँले दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडी पट्टी पर्ने ति घरहरुको भतेरी साइड पट्टी ५० मिटर लामो पहिरो आएपछि ति घरहरु सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो वग्ने गरिरहेकाले पक्की घर नै वगाउने होकी भन्ने चिन्ताले टोलवासीहरु आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । सृजना टोल विकास संस्था र वडा नं.३ को पहलमा रेडव्रmस र व्यास नगरपालिकामा त्रिपाल र पाइप मागी माथीवाट झरेको पानी रोक्ने र माटो वग्न नदिने प्रयास भइरहेको सृजना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष पनि सोही ठाउँमा पहिरो जादा ति घरहरु खतरामा रहदै आएका थिए । केही घरको पछाडी ग्यावियन जाली लगाउने काम भए पनि कती घरहरुको पछाडी काम नहुदा अहिले पहिरो खसेको हो ।

चट्याङ्गबाट एफएममा क्षती यसबीच शुक्रबार साँझ परेको चट्टाङ्गले गर्दा तनहुँमा सञ्चालित रेडियो बन्दीपुरलाई क्षेती पु¥याएको छ । बन्दीपुर गाउँपलिका–४ बन्दीपुर स्थित रेडियोको टावरमा चट्याङ्गले गर्दा टान्समिटर, युपिएस, व्याट्री लगायतमा क्षेती पु¥याउँदा झण्डै १५ लाख रुपैयाँको नोक्सान भएको रेडियोका प्रबन्ध निर्देशक विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.