सांसद श्रेष्ठलाई निलम्बन र पूर्व प्रहरी प्रमुख खनाललाई कानुनी कारबाहीको माग

गाेरखा संसार

अमरराज नहर्की,

तनहुँ समाचारदाता तनहुँ, वैशाख १४ गते ।

नेपाली काँग्रेस तनहुँले तनहुँबाट निर्वाचित प्रतिनिधी सभाका एक सदस्यलाई सांसद पदबाट निलम्बन तथा एक जना पूर्व प्रहरी प्रमुख कानुनी कारबाही गर्न माग गरेको छ । पार्टीले एक विज्ञेप्ती जारी गरी माग गरेको हो ।

संविधानको मर्म विपरित जारी भएका अध्यादेशहरु र्फिता भएको भएतापनि अध्यादेश प्रकरणसंग जोडिएको समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद श्री कृष्णकुमार श्रेष्ठ (किसान) र तनहुँ मै सविक घर भएका नेपाल प्रहरीका पुर्व प्रमुख श्री सर्वेन्द्र खनालको समेत संलग्नता रहेको भन्ने तथ्यहरु उजागर भएको घटनाले सम्पुर्ण तनहुँबासीहरुको शिर निहुरिएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

जिल्ला सचिव विश्व वास्तोलाद्धारा शनिबार जारी विज्ञेप्तीमा नेपालको प्रजातान्त्रीक इतिहासमा महत्वपुर्ण योगदान पु¥याउदै आएको तनहुँ जिल्ला बाट निर्वाचित सांसद श्री कृष्ण कुमार श्रेष्ठ मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद १७ को दफा २११ ले परिभाषा गरे बमोजिमको अपराधिक कार्यमा संलग्न भएको खबरले उहाँलाई मतदान गर्ने सम्पुर्ण मतदाताहरुले आफु अपमानित भएको महशुस गरेका छन् भनिएको छ । राष्ट्रको कानुन पालना गराउने महत्वपुर्ण जिम्मेवारीमा रहि सकेका नेपाल प्रहरीका पुर्व प्रमुख एवं कानुन निर्माण गर्ने संवैधानिक जिम्मेवारी पाएका वर्तमान सांसदहरु नै राजनितिक मुल्यहिन अनैतिक खेलमा रातारात कुनै सांसदलाई अपहरण गर्ने जस्तो कार्यमा संलग्न रहेको तथ्य सार्वजनिक हुनु र त्यसको सफाईमा जवरजस्त रुपमा सञ्चार माध्यमहरुमा प्रस्तुत हुनु भनेको नैतिक हिनता र लाचारी बाहेक केही हुन सक्दैन भन्ने नेपाली कांग्रेस तनहुँको ठहर छ भनि भनिएको छ ।

यसै गरी विज्ञेप्तीमा भनिएको छ जनताबाट निर्वाचित सांसदहरु नै कानुनी परिभाषा भित्रको अपराधिक कार्यमा संलग्न देखिएको हुँदा उक्त कार्यको घोर भत्र्सना गदै निजको सांसद पद निलम्बन गरी संसदिय छानविनको दायरामा ल्याई निश्पक्ष रुपमा छानविन गरी दोषीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेस तनहुँ जोडदार माग गर्दछ । कोभिड–१९ को महामारीका कारण सम्पुर्ण विश्व नै आक्रान्त भईरहेको अवस्थामा नेपाल सरकारले ल्याएको राजनितिक दल विभाजन गर्ने र संवैधानिक परिषदको बैठक सञ्चालन सम्बन्धी अध्यादेश जारी भए पछि नेपालको राजनितिक क्षेत्रमा फेरी एक पटक अस्थिरता र नैतिक मुल्यहिन परिवेश दोहोरिने सम्भावनाले सम्पुर्ण राजनितिक दल र नागरिक समाजलाई तरङ्गित गरेको पनि विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

अध्यादेश जारी भएको ४ दिन पछि नेपाल सरकारले उक्त अध्यादेशहरु फिर्ता लिएतापनि अध्यादेश आएपछि का ४ दिनमा भएका राजनैतिक गतिविधिहरुले थुप्रै प्रश्नहरु सृजना गरेका छन् । यसबाट सृजना भएका तरङ्गहरुले कुन रुप लिने छन् आगामि दिनमा स्पष्ट हुने नै छ । साथै विज्ञेप्तीमा नेपाली जनताको सात दशक लामो सङ्घर्ष र वलिदानबाट प्राप्त लोकतन्त्रका आधारभुत मुल्य मान्यता एंव शहिदहरुको सहादतलाई अवमुल्यन हुने कुनै कार्य नेपाली समाजले स्वीकार गर्ने छैन भन्ने नेपाली काँग्रेस तनहुँको विश्वास रहेको उल्लेख गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.