Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङ्टारबाट हिँडेका ३२ कामदार आफ्नो गृहपालिका भजनिया पुगे

पालुङ्टारबाट हिँडेका ३२ कामदार आफ्नो गृहपालिका भजनिया पुगे

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ११, गोरखा

गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ४ स्थित अमर ज्योति मा.वि.मा काम गर्दै आएका ३२ जना मजदुर कैलालीको भजनिया नगरपालिका स्थित आफ्नो गृहपालिका भजनिया पुुगेका छन् । तर उनीहरु घर जानुभन्दा पहिले क्वारेन्टिनमा बसिरहेका छन ।
गोरखाको पालुङ्टार नगरपालिकाबाट ३२ जना मजदुर वडा नं. ७ को च्याङ्ली नाकाबाट ८ गते बाहिरिन लागेको थाहा पाएपछि नगरपालिकाका नगर प्रमुख, उपप्रमुख एवं वडा नं. ७ का वडाध्यक्ष सहितले सहयोग गरी गाडी चढाएर नारायणगढसम्म पठाइएको थियो । उनीहरु हिँडेरै भने पनि घर पुग्नको लागि हिंडेका थिए । तर पछि नगरपालिकाले नारायणगढसम्म पुग्ने व्यवस्था मिलाइदिएपछि नारायणगढबाट ट्रक चढेर भालुवाङसम्म र भालुबाङबाट ट्याक्टर मा चढेर बाँकेसम्म अनि बाँकेबाट भजनियासम्म अर्को एक गाडीमा गरी आफ्नो स्थानसम्म पुगेको एक मजदुरले गोरखा संसार मिडिया प्रा.लि.लाई जानकारी दिएका छन् । तर उनीहरु घर पुग्दासम्म सबैले सहयोग गरेकाले आफ्नो कुनै खर्ज भने नभएको उनले बताएका छन् ।
उनीहरुलाई अहिले भजनियाकै विद्यालय सहित विभिन्न स्थानहरुमा क्वारेन्टिनमा राखिएको छ ।
घर जाने टोलीमा १० महिला र २२ पुरुष गरी ३२ जना रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.