समाजसेवी नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान

अमरराज नहर्की
शिसाघाट (तनहुँ), वैशाख ११ गते ।

तनहुँका एक समाजसेवीले व्यक्तिगत खर्चमै ९० घर परिवारलाई राहत प्रदान गर्नु भएको छ । व्यास नगरपालिका–६ शिसाघाट स्थायी घर भई हाल पोखरामा स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्नुहुने समाजसेवी अर्जुन नागिलाले सहयोग गर्नु भएको हो । शिशाघाट र यस आसपासमा रहेका न्युन आय स्तर भएका अधिकांश जनजाति र दलित बस्तीमा लक डाउन भएको एक महिना बितिसक्दा पनि राहत नपुगेपछि निराश भएका जनता राहत पाएपछि खुसी भएका छन् ।
त्यसक्षेत्रका ५२ जनजाति, ३५ दलित र तीन ब्राह्मण घरपरिवारलाई चामल, नुन,तेल लगायतका गरी खाद्यन्न उपलव्ध उहाँले राहत बितरण गर्नुभएको हो । राष्ट्रिय भूपु सैनिक तथा प्रहरी सङ्गठनका जिल्ला अध्यक्ष समेत रहनुभएका नागिला गाउँका मानिसहरुले राहत नपाएर भोकै बस्नु पर्ने अवस्था आएको खबर सुनेपछि आफै राहत लिएर आएको बताउनुभयो । नागिलाले चामल,दाल,नुन तेल, केराउ ,चिउरा, साबुन लगायतका गरी करीव २ लाख ५० हजार बराबरको राहत सहयोग गर्नु भएको हो । वडा सदस्य तथा शिसाघाट निवासी ढालप्रसाद घिमिरेले वडाले बितरण गरेको राहत नपाएका परिवारलाई एक द्धार प्रणाली अनुसार वडालाई राहत हस्तान्तरण गरी वितरण गरिएको जानकारी दिनुभयो । राहत सामग्रीको मङ्गलबार वडा अध्यक्ष सुर्यभक्त भण्डारीलाई हस्तान्तरण गरि बुधबार घर÷घरै पु¥याईएको छ । राहत सामग्री पोखराबाट ल्याएर घर÷घरै पु¥याउने काम शिसाघाट स्थित आले फर्निचरका सञ्चालक केशरबहादुर आले निशुल्क ढुवानी गरी घर÷घरै पु¥याईदिनु भएको शिसाघाट स्थित माझटोल विकास समितिका अध्यक्ष मानसुब्बा दुराले जानकारी दिनुभयो । शिसाघाट अधिकांश सुकुम्बासी र न्युन आय स्तरका भएका र राहत पाएपछि खुसी भएको शिक्षक समेत रहनु भएका शुकबहादुर परियारले जानकारी दिनुभयो । समाजसेवी नागिला शिसाघाट निवासी स्वर्गिय नेत्रप्रसाद नागिलाको सुपुत्र हुनुहुन्छ । उहाँको पिता नेत्रप्रसाद साविक श्याम्घा गाविसको पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । यसैबीच समाजसेवी नागिलाले श्याम्घा स्वास्थ्य चौकी सेवा केन्द्र, शिसाघाट आर्युवेद औषधालय, शिसाघाट प्रहरी चोकीलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई),सेनीटाईजर एक/एक पोका माक्स र २५ पिस ग्लब्स एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.