श्रेष्ठद्वारा ६० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण ।।

गाेरखा संसार

आँबुखैरेनी, बैशाख ३ गते ।

युवा समाजसेवी अभियान श्रेष्ठले मंगलबार लक डाउन प्रभावित ६० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. २ को लिहुत गाउँ र वडा नं. ३ को आँबु गाउँका लकडाउन प्रभावित ६० घरधुरीलाई खाद्यन्न सामाग्री बितरण गर्नुभएको हो । गाउँमा गएर प्रत्येक घरधुरीलाई १५ किलो चामल, १ पोका नुन, १ किलो दाल, १ पोका तेल तेल बितरण गरिएको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारद्वारा गरिएको लकडाउनले विपन्न वर्गलाई दैनिक जिवनयापनमा असर पारेको भन्दै राहत स्वरुप आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडा तथा गाउँमा खाद्यन्न बितरण कार्य जारी राखिएको श्रेष्ठले बताउनुभएको छ । यो समय लोभ होईन, एक अर्कालाई मद्दत गर्ने समय भएकोले आ–आफ्नो स्थानबाट सम्पूर्णलाई सहयोग गर्नुहुन उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.