दमौलीमा निशुल्क खानाको व्यवस्था

अमरराज नहर्की
तनहुँ, चैत्र २६ गते । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको अगुवाई व्यास नगरपालिका वडा नम्बर–३ को समन्वयमा असाह्य तथा गरिवलाई दमौलीमा खानाको व्यवस्था गरिएको छ । खानाको लागि तरकारी तथा खाद्यान्न व्यास नगरपालिका–३ तरकारी लाईन स्थित तरकारी, खाद्यान्न तथा माछा एवं मासु पसल सञ्चालन गरेका व्यापारीले मद्धत गरिरहेका छन् ।
कोरोना भाईरस कोभिड– १९को ले गर्दा गरिएको लकडाउनले गर्दा कोही पनि भोकै बस्न नपरोस् भनेर सामाजिक दुरी कायम गरि खानाको व्यवस्था गरिएको हो । रोग नसरोस् भन्नको लागि सामाजिक दुरीलाई गोलो घेरा गरी बस्ने व्यवस्था मिलाईएको छ । दैनिक ज्यालादारीमा काम गरेर खाने, मागेर खाने तथा गरिव र असाह्य एवं जेष्ठ नागरिक भोकै बस्न नपरोस् भनेर शनिबारबाट विहानको खानाको व्यवस्था गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी दिनुभयो । हाललाई तरकारी लाईनका व्यापारीहरुको सहयोगमा विहानको एक छाक खानाको व्यवस्था मात्रै गरिएको र व्यास नगरपालिकासँग समन्वय गरेर बेलुकाको खानाको व्यवस्था गर्न पनि पहल कदमी भईरहेको इकाईले जनाएको छ । इकाईले बालप्रसाद शाही गणेशको संयोजकत्वमा खाना व्यवस्थापन समिति गठन गरी सडकमै खाना तथा तरकारी पकाएर जारको खानेपानीको समेत प्रबन्ध मिलाईको इकाईका सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
निशुल्क खाना तथा पानीको व्यवस्था भएपछि भोकै बसेकाहरु खुसी भएका छन् । व्यास नगरपालिका–१४ केशवटार घर भई हाल दमौलीमा भारी बोक्ने काम गर्दै आउनु भएका ६९ वर्षिय चामे दमाईले पैसा नहुँदा भोकै बस्नु पर्ने अवस्था आएकोमा शनिबारबाट खाना पाएको बताउनुभयो । ५० वर्ष अघि देखि दमौलीमा भारी बोक्ने काम गरेको भारी बोक्ने काम नपाउँदा पैसाको अभाव भएको उहाँ बताउनुुु हुन्छ । उहाँको जस्तै समस्यामा पर्नु भएका भवन निमार्ण क्षेत्रमा काम गर्ने ५९ वर्षिय नरेश नेपाली पनि खुसी हुनु भएको छ । रिसिङ गाउँपालिकाको काहुँशिवपुर घर भई हाल दमौलीमा बस्दै आउनु भएका नेपालीले भन्नुभयो–‘बेलुका एक वटा चाउचाउ किनेर केही भोक मेटाएँ खानाको व्यवस्था भएकाले पेटभरी खान पाईयो शास धान्ने उपाए भयो ।’ घरको धन्दा छाडेर खाना बनाउन मद्धत गर्नु आउनु भएका प्रमिला शाहीले दुःखी र गरीवलाई मद्धत गर्न पाउँदा मनमा आनन्द मिलेको बताउनुभयो । लकडाउन गर्दा घरमा धेरे काम छैन त्यसैले यता मद्धत गर्न आएको हुँ, प्रमिलाले भन्नुभयो,सहयोगको आवश्यकता भनेको त दुःख पर्दा त होनी ।’ यस्तै धारणा खाना बाड्ने, पकाउने काममा खटिईरहनु भएकी गोपिना श्रेष्ठको पनि छ । ‘सडकमा जिन्दगी बिताउनेहरु पनि दमौलीमा थुप्रै देखेकाले यति बेला उनिहरुलाई सहयोगको खाँचो छ भनेर मद्धत गरेको हुँ ।’ गोपिनाले भन्नुभयो । लक डाउन अवधिभर नै निशुल्क खानाको व्यवस्था गरिने इकाईले जनाएको छ । कोरोना सर्ने डरले सडकमा बस्नेहरु भोकै बस्नु पर्ने अवस्था आएकोले उनिहरुलाई सहयोग गर्नु पर्छ भनेर मद्धत गरिरहेको तरकारी लाईनमा गुप्ता किराना पसल सञ्चालन गर्नु भएका परमेश्वर गुुप्ताले बताउनुभयो । ‘खाद्यान्नको समान बोक्ने गाडी आईरहेकोले खाद्यान्नको अभाव नभएकोले लक डाउन अवधिभर हामी मद्धत पु¥याउँछौं । ’ गुप्ताले भन्नुभयो । यस्तै धारणा सोही ठाउँमा व्यापार गर्नुहुने राजकुमार किनारा पसलका सञ्चालक रुदल शाहको पनि छ । ‘मन्दिरका भगवानले केही बोल्दैनन् तर खाना नपाएका सहयोग गर्दा आशिष दिन्छन् साक्षात भगवान यिनै हुन् ।’ शाहले भन्नुभयो । गुप्ता र शाह दुवैले चामल तथा मरमशला सहयोग गर्नु भएको छ । दैनिक करीव एक सय जनाले खाना खान आएको कुक काम गर्नुृ भएका बाबुचा खड्गीले जानकारी दिनुभयो । ‘आफ्नो माछा र मासु पसल बन्द रहेको र पूmर्सदको समयको सदुपयोग गर्न मद्धत गर्न आएको खड्गी बताउनुहुन्छ ।
बजार इकाईका सभापति श्रेष्ठले अप्ठ्रोमा परेका व्यक्तिहरुसँगै खाना खाने गर्नु भएको छ । ‘मानिस सबै समान हुन् धनी र गरीव भनेर भेदभाव गर्नुहुँदैन भन्ने सन्देश दिनको लागि उनिहरुसँगै खाना खाएको हुँ । सभापति श्रेष्ठले भन्नुभयो । इकाईले खाना खुवाउने कार्य थालनी गरेकोमा सबैले प्रशंशा गर्ने गरेका छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.