ह्वात्तै घट्याे पेट्रोल, डिजेलको मूल्य, अब कति ?

२० चैत, काठमाडौं ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मुल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजल र मट्टितेलको खुद्रा विक्री मूल्य साविकको भन्दा १० रुपैयाँले घटाएको हो ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

समायोजन गरिएको मुल्य राती १२ बजेदेखि लागू हुनेछ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker