Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
टाेकियाेबासीलाई घरभित्रै बसेर काम गर्न सरकारकाे अनुराेध

टाेकियाेबासीलाई घरभित्रै बसेर काम गर्न सरकारकाे अनुराेध

जापान

टोकियो गभर्मेन्टले कोरोनाभाइरसको फैलावटलाई रोक्न टोकियोबासीहरुलाई घरबाटै काम गर्न, रात्रीकालिन घुमघाममा ननिस्कन, अनावश्यक भिडभाडमा नगर्न गरेको अनुरोध कम्तिमा अप्रिल १२ सम्म कायम राख्ने तयारी गरेको खबर छ । सो समयमा आयोजित ठूला सबै कार्यक्रमहरु रद्द गर्न समेत आग्रह गरिएको छ ।

सम्बन्धित निकायका अधिकारीहरुले यो समय टोकियोका लागि निकै संवेदनशील रहेको बारम्बार बताउँदै आइरहेका छन् । टोकियो गभर्नर युरिको कोइकेले गत बुधबार नै विकिन्डमा बाहिर ननिस्कन सबैमाझ आग्रह गरेकी थिइन । आइतबार परेको बेमौसमी हिमपातले पनि मानिसहरुलाई बाहिर निस्कन रोकेको छ ।

उता साइतमा प्रिफेक्चरका गभर्नर मोतोहिरो ओनोले यो समयमा टोकियो नजान साइतामाबासीहरुलाई सुझाएका छन् । उनले अति आवश्यक बाहेक टोकियो नजान र सकेसम्म घरमै बस्न, घरमार्फत नै काम गर्न वा काम गर्न अनुरोध गरेका छन् ।

टोकियो बाहेकका चिबा सहित अन्य स्थानहरुमा समेत यस्तै प्रकृया अपनाउने तयारी भएको छ । फुकुओका प्रिफेक्चरका गभर्नरले पनि अत्यावेशक बाहेक बाहिर ननिस्कन भनेका छन् । विशेषगरि विकिन्डमा घरमै बस्न उनको अनुरोध छ ।

ओशाका प्रान्तमा पनि गभर्नरले घरमै बस्न अनुरोध गरेका छन् । शनिबार र आइतबार साकुरा हेर्न मानिसहरुको भिड हुने यो समयमा ति स्थानहरुमा निकै कम मानिसहरु देखिएको यहाँस्थित संचारमाध्यमहरुले जनाएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.