टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र २०८ जना संक्रमितहरु पुष्टि

टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र २०८ जना संक्रमितहरु पुष्टि

टोकियो(सन्तोष बस्नेत) टोकियोमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार ३६२ जना पुगेको छ ।शनिबार एकैदिन जापानमा २०८ जना संक्रमितहरु पुष्टि भएको छ । शनिबार थपिएको नयाँ संक्रमितहरुको संख्याले टोकियो तथा चिवा प्रान्तमा विशेष खतराको संकेत गरेको छ ।

एकैदिन टोकियोमा ६३ जना, चिबामा ५८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणको क्रम जापानभरी नै फैलिरहेता पनि, पछिल्ला दिनमा टोकियो, चिवा, खानागावा, साईतामा तथा ओसाकामा तुलनात्मक तीव्र देखिएको छ । र ति स्थानहरुमा सरकारले आम नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन तथा सुरक्षा अप्नाउन आग्रह गरेको छ ।

शनिबार सम्म जापानभर संक्रमितहरुको संख्या २४ सय ३४ जना पुगेको छ । जसमा जापान भित्रै संक्रमण भएका १७ सय ८, चाईनाबाट चाटर्ड गरि ल्याएकाहरुमा १४ र डाईनामिक क्रुजका यात्रीहरु ७ सय १२ जना रहेका छन् । यसमा ६५ जनाको निधन भएको छ भने , १ हजार ७ जना स्वास्थ्य लाभ गरि घर फर्केका छन् ।

Back to top button