Trending

चीनले दिएकोे मेडिकल सामाग्री आज तातोपानी आइपुग्ने

सिन्धुपाल्चोक,१४ चैत
चीनले उपलब्ध गराएका मेडिकल सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामाग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरूले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने खत्रीले बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा रहेको छ ।

ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत रुपमै सुचारु हुने खत्रीले बताउनुभयो । अहिले नाकाबाट फलफूल र मेडिकल सामाग्री मात्रै आउने खत्रीले बताउनुभयो । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो ।

चीनबाट आएका सामानहरू जाँचपास गर्दा त्यसमा सहभागी हुनेले विषेश किसिमको सुरक्षा अपनाउने हुदाँ जाँचपासमा संलग्नलाई समेत कोरोना सङ्क्रमण हुने सम्भावना नभएको उहाँको भनाइ छ ।

Back to top button