
काठमाडौं, १२ चैत
विदेशबाट आएका थप एकजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । टेकुमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा विदेशबाट आएका थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।
ती व्यक्तीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनसस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट राजेश गुप्ताले जनाकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या तीन पुगेको छ । एक व्यक्ति उपचारपछि निको भइसकेका छन् भने अर्की एक युवती अस्पतालमा उपचारका क्रममा छन् । स्वास्थ्य मन्त्रालयले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर यो केशको बारेमा जानकारी दिने भएको छ ।