Trending

गोरखामा ८१ दुइ पांग्रे र १६ चार पांग्रे साधन प्रहरीको नियन्त्रणमा, पालुङ्टार का विभिन्न नाकामा हेल्थ डेस्क

गोरखा संसार
चैत्र ११, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको नियन्त्रणका लागी सरकारले आज विहानदेखि देशभर लक डाउन गरेसंगै घरबाट बाहिर निस्केका व्यक्तिहरुका ८१ मोटरसाइकल र १६ वटा चारपांग्रे साधनहरु जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले कब्जामा लिएको छ ।
समूहमा मानिसहरु जमघट हुँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण बढन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सरकारले सर्वसाधारणमा अपिल गरेको छ ।
सरकारको आदेश पालना नगरी घरबाट निस्केकाहरुको सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख ले बताउनुभयो ।
त्यस्तै कोरोनाको संक्रमणलाई कम गर्ने उदेश्यका साथ पालुङ्टार नगरपालिकाले पनि विभिन्न उपायहरु अवलम्बन गरेको नगर प्रमुख दिपक बाबु कंडेलले बताउनुभएको छ ।
स्वास्थ्यकर्मीहरुका लागी आवश्यक पर्ने पिपिइ लगायतका सामग्रीहरु ल्याउन पहल भैरहेको भए पनि लक डाउनका कारण पसलहरु बन्द भएकाले सामग्री ल्याउन कठिनाइ भइरहेको पनि उहाँले बताउनुभयो । पि पी इ लगायतका सामग्री व्यवस्थापन गर्न सकेमा स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

नगरपालिकाले नगरपालिकाको विभिन्न नाकाहरुमा हेल्थ डेस्क राखेको छ । हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीकरुको टोलीले नगरपालिका भित्र प्रवेश गर्ने व्यक्तिहरुको ज्वरो जाँच तथा स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिने गरिएको छ । नगरपालिकाको वडा नं. १ को मसानेठाँटी, वडा नंं. ५को हवाइग्राउण्ड मा र वडा नं. ७ को नयाँपुलमा हेल्थ डेस्कको व्यवस्था गरिएको र अन्य स्थानहरुमा पनि आवश्यकताअनुसार थप गर्दै जाने नगर प्रमुख कंडेलले बताउनुभयो ।

अाजदेखि शुरू गरिएकाे तनहुँकाे नयाँपुल हुँदै नगरपालिका वडा नं. ७ प्रवेश गर्ने नाकामा च्याङली स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मी, अस्थायी प्रहरी पाेष्ट बिरूवाटार र वडा नं.७ का वडाध्यक्ष हेल्थ डेस्कमा खटिएका थिए ।

त्यस्तै आइसोलेसन आँपपिपलमा यस अघि नै आइसोलेसन वार्ड निर्माण गरिसकिएको र अन्य स्थानहरुमा पनि आइसोलेसन वार्ड निर्माणको तयारी गरिरहेको उपप्रमुख पम्फा बसेलले बताउनुभयो । उहाँका अनुसार धर्मावती प्रा वि को ७ कोठामा आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको र विरामीहरुको संख्या बढेमा अन्य विद्यालयहरुमा पनि वार्ड स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
त्यस्तै नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरु परिचालन गरी नगर क्त्रका विभिन्न स्थानहरुमा माइकिङ गर्ने, पर्चा पोष्टरहरु वितरण गर्ने लगायतका कार्यहरु गरी सचेतना फैलाउने काम गरिरहेको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुका लागी आवश्यक पर्ने पिपिइ लगायतका सामग्रीहरु ल्याउन पहल भैरहेको भए पनि लक डाउनका कारण पसलहरु बन्द भएकाले सामग्री ल्याउन कठिनाइ भइरहेको पनि उहाँले बताउनुभयो । पि पी इ लगायतका सामग्री व्यवस्थापन गर्न सकेमा स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker