Trending

कस्ता खानेकुरा खाने त काेराेनाबाट बच्न ? जनहितको लागि सेयर गरि सम्पुर्ण माझ पुराइदिनुहोला!

गाेरखा संसार,

कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।,

. घाममा बसौं ।

. नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ !

. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

. बिहान/बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।

. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी ( दुध/चिनी नहालेको ) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

जनहितको लागि सेयर गरि सम्पुर्ण माझ पुराइदिनुहोला!

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker