गाेरखामा एस ईई काे २५ केन्द्र

यही चैत्र ६ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परिक्षा    (एसईई) को लागी केन्द्राध्यक्षहरु तोकिएको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका अनुसार २५ वटा बिद्यालयमा परिक्षा केन्द्र राखिएको हो ।

‘२३ वटा बिद्यालयमा सोही बिद्यालयका प्रधानाध्यापकहरु केन्द्राध्यक्ष तोकिएका छन्,’ इकाइका परिक्षा शाखा अधिकृत   राम बहादुर अधिकारीले भने, ‘बाँकी तीन वटामा अन्य बिद्यालयका शिक्षकलाइ केन्द्राध्यक्षको  जिम्मेवारी दिइएको छ ।’

केन्द्राध्यक्ष हुनका लागी माध्यमिक तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान           रहेको बताउदै उनले थपे, ‘भगवती हिमालय मावि घैरुङ, ताङ्लीचोक मावि ताङ्लीचोक र जनजागृति आधारभूत बिद्यालय माछाखोलामा माविका स्थायी शिक्षक छैनन्, त्यसैले अन्य स्कुलका स्थायी शिक्षकलाइ केन्द्राध्यक्ष तोकिएको            हो ।’

उनका अनुसार जनजागृती आधारभूत विद्यालयमा सरस्वती मावि आहालेका शिक्षक मेघनाथ लामिछानेलाइ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

भगवती हिमालय माविमा भवानी मावि ठाटीपोखरीका शिक्षक चेतनाथ पन्त र ताङ्लीचोक माविमा भवानी माविका शिक्षक पिताम्वर देवकोटालाइ केन्द्राध्यक्ष तोकिएको उनले बताए ।

परिक्षाको सबै             तयारी पुरा भएको उनले                  जानकारी दिए ।

‘उत्तर पुस्तिका सबै परिक्षा केन्द्रमा पु¥याइसक्यौ, केन्द्र नजिकैको प्रहरी चौकीहरुमा प्रश्नपत्र पनि पुगिसक्यो,’ उनले  भने । उनका अनुसार यस बर्षको एसईई परिक्षामा जिल्लाका ४५ सय २८ बिद्यार्थी सहभागी हुदैछन् । प्राविधिक तर्फ १ सय १३, खुल्ला विद्यालय तर्फ १६, पुरक ग्रेड वृद्धि परिक्षा तर्फ २१ जना बिद्यार्थी परिक्षामा सहभागी हुने परिक्षा शाखा प्रमुख अधिकारीले बताए ।

मनकामना वहिरा आवासिय बिद्यालयबाट १३ जना बिद्यार्थी एसईई परिक्षामा सहभागी हुने उनले जानकारी दिए । दश जना बिद्यार्थीले भने परिक्षा दिन नपाउने भएका छन् ।

बिद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेका, फारम नभरेका, कक्षा छाडेका लगायतका बिद्यार्थी परिक्षामा सहभागी हुन नपाएको उनले बताए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.