कुलुङकाेटकाे यथार्थ चित्रण

दमौली, चैत २ गते ।

तनहुँ सदरमुकाम दमौलीमा होटल सञ्चालन गर्दै आउनु भएका विकास खनाल शनिबार पहिलो पटक व्यास नपा १४ को कुलुङकोट पुग्नुभयो । दमौलीबाट करिब २० किलोटिरको नजिकैको दुरीमा पुर्व तर्फ रहेको कुलुङ गाउँमा पहिलो पटक पुग्नु भएका विकास त्यहाँबाट देखिएको हिमसृङखलाको सुन्दर दृश्यले निकै अचम्मित हुनु भयो ।

‘यती नजिकैबाट यती धेरै हिमालका दृश्य देखिन पाईने रहेछ ।’ उहाँले भन्नु भयो ‘तर उचित प्रचार प्रसार नहुँदा योठाउँ अहिलेसम्म ओझेलमा परेको रहेछ । पर्यटनविद् हरिसिंह गुरुङका अनुसार कुलुङकोटबाट अपी, धौलागिरी, अन्नपुर्ण पहिलो र दोश्रो, माछापुच्छ्रे, डा. हर्क गुरुङ हिमाल, हिमचुली, मनास्लु, गणेश र लाङटाङ हिम सृङखला सजिलैसँग देख्न सकिन्छ । समुन्द्री सतहबाट करिब ११ सय मिटरको उचाईमा रहेपनि कुलुङबाट यी सबै हिमाल सहजै देख्न पाउनु निकै गौरवको विषय भएको गुरुङले बताउनु भयो । यती लामो रेन्जमा हिमाल सायदै अन्य डाँडाबाट देख्न सकिने गुरुङको भनाई छ । विकास खनाल मात्र हैनन शनिबार हिमाल हेर्न कुलुङ पुगेका दमौलीका सन्चारकर्मी, उद्योगी व्यवसायी, जनप्रतिनिधी र पर्यटनको क्षेत्रमा काम गर्ने व्यक्तिहरु कुलुङबाट दखिने हिमाल हेरेर निकै आनन्दको महसुस गरिरहेका थिए ।

बन्दिपुर गाउँपालिका–३ घर भई हाल दमौलीमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका दुर्गाविलास भट्टराई पनि कुलुङकोट देखिएको हिमाल हेरेर निकै आनन्दित भएको बताउनु भयो । यस अघि धेरै पटक कुलुङ गाउँ पुगे पनि हिमाल देख्न सकिने कोटसम्म नगएकोमा पछुतो मान्दै भट्टराईले अव आफ्ना साथीभाईहरुलाई यस दृश्यको बर्णन गर्ने बताउनु भयो । हिमालको दृश्य देखेर खुसी देखिनु भएकी अष्ट्रेलियन नागरिक स्टेफिनले पनि आफुले नेपालमा आएर पहिलो पटक यती राम्रो दृश्य देख्न पाएको बताउनु भयो । नेपालको धेरै ठाउँ घुमेपनि यती लामो रेन्जमा हिमालको दृश्य देख्न पाएको यो नै पहिलो भएको उहाँको भनाई थियो । कुलुङकोटबाट हिमालको राम्रो दृश्य देख्न पाईने बारेमा गाउँलेहरु जानकार भएपनि उचित प्रचार प्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटकहरु ल्याउन नसकिरहेको सो वडाका अध्यक्ष काजीमान श्रेष्ठले बताउनु भयो ।

गत वर्ष गाउँलेहरु मिलेर कुलुङमा सामुदायीक होमस्टे सञ्चालन गरेपछि भने बल्ल पर्यटकहरु गाउँमा आउन थालेको उहाँले बताउनुभयो । पहिलो पटक कुलुङ आएका आन्तरिक पर्यटकहरु विहानै घामको झुल्कोमा टल्केको हिमाल देख्न पाएर आफ्नो निर्धारित बसाई लम्बाउन थालेको कुलुङ सामुदायीक होमस्टेकी अध्यक्ष रीतामाया थापाले बताउनु भयो । ‘दुई दिनलाई भनेर पर्यटकहरु आउनु हुन्छ’ उहाँले भन्नु भयो ‘तर हिमाल हेर्न पाईने भएकोले अर्काे दुई दिन लम्बाएर बस्नेहरु धेरै हुनुहुन्छ ।’ गत वर्ष देखी कुलुङमा १० घरधुरीमा सामुदायीक होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा बस्न आउने पाहुनालाई खुवाउन गाउँका अन्य ४० घरमा अर्गानिक तरकारी र लोकल कुखुरा र बोका पालन गरिएको होमस्टेकी सचिव सुनीता थापाले बताउनु भयो । सुन्दर हिमालसँगै यहाँको कला र संस्कृती पनि पर्यटककोलागि अर्काे आकर्षण भएको थापाले बताउनु भयो । व्यास नगरपालिका भित्र यती राम्रा राम्रा ठाउँहरु भएपनि त्यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको नगरपालिकाका सामाजिक शाखाका प्रमुख राजेन्द्र कार्कीले बताउनु भयो । त्यही भएर अहिले नगरपालिकाले एक वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिलाई अर्काे वडाको पर्यटकीय गन्तव्य घुमाउने अभियान सञ्चालन गरेको कार्कीले बताउनु भयो ।

अहिले विश्वमा फैलिएको कोरोना भाईरसले बाह्य पर्यटक नेपाल नआएको अवस्थामा आन्तरिक पर्यटकलाई भने खासै असर नभएको तनहँु पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ बताउनुहुन्छ । हाम्रा गाउँघरमा सञ्चालन भएका होमस्टेमा बस्न र धार्मिक तथा ऐतिहासिक सम्पदाहरु हेर्न बाह्य पर्यटक खासै आउँदैनन् त्यसैकारण आन्तरिक पर्यटनलाई नै जोड दिनु पर्ने उहाँको भनाई छ । कुलुङकोटबाट देखिने हिमालको बारेमा धेरै भन्दा धेरै प्रचार प्रसार गर्न सके कोरोनाको प्रकोप अन्त्य भएपछि पनि बाह्य पर्यटकलाई ल्याउन सकिने उहाँको भनाई छ । धेरै तर्फबाट यातयातको सुविधा पुगेको कुलुङकोट जान सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको छिर्कने र तामुङ भन्ज्याङ हुँदै २० किलोमिटर, प्रसिद्ध छाब्दीबाराही मन्दिरबाट ७ किलोमिटर, प्रसिद्ध पर्यटकीय क्षेत्र बन्दिपुरबाट ७ किलोमिटर र दमौलीबाट केशवटार हुँदै १७ किलोमिटरको दुरीमा नीजि तथा सार्वजानिक सवारी साधनमा सजिलै पुग्न सकिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker