रमेश परियारको सृर्जनामा रहेको शितल गुरुङको “ढाट्यो जिन्दगीले” तिब्र तयारीमा सारिकाको दर्दानक अभिनयमा

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक एवम पब्लिक च्वाईस इमेज म्युजिक अवार्ड विजेता शितल गुरुङको  “ढाट्यो जिन्दगीले” तिव्र प्रतिक्षामा आऊन लागेको छ | जसमा लोक तथा दोहोरी गायक शितल गुरुङ र लोकप्रिय चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ भने  जसमा लोकप्रिय गोरखाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि समयमै बजारमा आऊने जानकारी प्राप्त भएको छ || गितका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् ||
बरु मलाई खसाल्देऊ भिरबाट
विन्ति भगवान् मुक्ति देऊ पिरबाट ||

अचानो झै टुक्रेको मेरो मन
खुकुरी भई चोट दिने धेरै छन् ||

यस गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको  | पछिल्लो समयका चर्चित नायिका मोडेल सारिका केसी र मोडेल धुव्र हिमालिको मोडेलिग रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा सागर गौतमले छायाकंन ड्रोन र दिपक बिष्टले  सम्पादन गर्नु भएको छ || उक्त गितको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ ||

गितले सबैको मन जितोस् शुभकामना

Back to top button