Trending

रञ्चाेक जीप दुर्घटनामा १३ घाइते, घाइतेहरूलाइ हेलिकाेप्टरबाट काठमाण्डाै पुर्याइयाे , घाइतेकाे नामावलीसहित

गाेरखा संसार

गोरखा , फागुन २७

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जीप दुर्घटना भएको छ। रञ्चोकबाट सौरपानी हुँदै गोरखातर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको घटनास्थलबाट स्थानीय सिताराम गुरुङले बताए।

जीप सडकबाट करिब एक सय ५० मिटर तल खसेको उनले जानकारी दिए। साँघुरो सडकमा जीपको ब्रेक फेल भएर दुर्घटना भएको चालकलाई उदृत गर्दै स्थानीयले बताएका छन्।

 दुर्घटनामा घाइते भएकाहरुलाई माउण्टेन एयरको ९ एन एएलडी हेलिकप्टरबाट काठमाण्डौ पठाइएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।

 

घाइतेहरुको काठमाण्डौको थापाथली स्थिट ट्रमासेन्टरमा उपचार भईरहेको जनाइएको छ ।

दुर्घटनामा परी बारपाक सुलिकोट गाउँपालिका–४ की १९ बर्षिया बिमला गुरुङ सोही ठाउँकी ६० बर्षिया बुद्वबहादुर गुरुङ, २० बर्षिया रमा गुरुङ, ३३ बर्षिय श्रीमान गुरुङ, २३ बर्षिय बिनोद गुरुङ, ६० बर्षिया क्षेत्रकुमारी गुरुङ, ३७ बर्षिया टेकमाया गुरुङ, टेकमायाकी छोरी बर्ष ६ कि सुनिता गुरुङ, ७३ बर्षिया सुकमाया गुरुङ रहेका छन् ।

अन्य घाइतेहरुमा सौरपानीकी बर्ष ५२ की राजकुमारी गुरुङ र चालक ४० बर्षिय आनन्दकुमार गुरुङ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो । घाईतेमध्ये बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङको अबस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाईते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker