राजेन्द्र न्यौपाने
गोरखा, २२ फागुन । गएराती आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।
सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये एक जना लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको मान्बु प्रहरीले जनाएको छ ।
घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचार स्थल सम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।
नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदा सम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए । धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन । उनीहरु काशीगाउँमा आजको कार्यक्रममा भाग लिन जाँदै थिए । काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/FB_IMG_1722011642615-300x169.jpg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने
श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना