Trending

कोरोनाका कारण राष्ट्रपति रनिङ शिल्ड स्थगित

गोरखा संसार
फागुन २१, गोरखा ।
विश्वमा आतंकको रुपमा देखिएको कोरोना भाइरसका कारण गोरखाको पालुङ्टार नगरपालिकामा २२ गतेदेखि हुने भनिएको दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । शिक्षा मन्त्रालयको निर्देशन अनुसार चैत ५ गतेभित्र परिक्षा लिइसक्नुपर्ने भएका र जमघट तथा भिडभाड हुने जस्ता क्रियाकलाप गर्न नपाइने भएका कारण स्थगित गर्नुपरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम काराखेतीले जानकारी दिनुभयो ।
यस वर्षको रनिङ शिल्ड २२ गतेदेखि लक्ष्मी मा.वि.गाइखुरमा हुने कार्यक्रम रहेको थियो ।

Back to top button