Trending

जीवन ज्योति मा.वि.को ५२ औं बार्षिक उत्सव शुरु

गोरखा संसार
फागुन १९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा अवस्थित जीवन ज्योति माध्यमिक विद्यालयको ५२औं बार्षिक उत्सव समारोह आजबाट शुरु भएको छ । बार्षिक उत्सव समारोह अन्तर्गत अन्तर सदनात्मक खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । जस अन्तर्गत आज छात्र छात्रातर्फको १००मि.दौड, २००मि. दौड, ४००मि. दौड, ८००मि. दौड, १५००मि. दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, छेलो, भाला, बेलुन फुटाई, म्युजिकल चियर, लगायतका खेलहरु सम्पन्न भएका छन । त्यस्तै गरी भोलि छात्र छात्रा तर्फको ३०००मि. दौड, भलिबल लगायतका खेलकुदहरु हुने जनाइएको छ । २१ गते पालुङ्टार नगरपालिकाका नगरप्रमुख दीपक बाबु कंडेलको प्रमुख आतिथ्यतामा अभिभावक भेला हुने विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले जानकारी दिनुभयो ।
कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा करिब ९०० विद्यार्थीहरु अध्ययनरत छन । २०७२ को भूकम्पपछि विद्यालय भवन जीर्ण भएकोमा जापानी सहयोग निकाय जाइका को सहयोगमा सुविधासम्पन्न २४ कोठाका ३ वटा भवनहरु रहेका छन । विद्यार्थी संख्याको आधारमा दरबन्दी नहुँदा पठनपाठनमा कठिनाई हुँदै आएको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताउनुभयो । सो विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा पठन पाठन हुँदै आइरहेको छ भने गुणस्तर सुधारको लागी विद्यालयमा धेरै नयाँ कदमहरु अपनाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker