जीवन ज्याेतिमा बालदिवस तथा तीज गीत प्रतियाेगिता

भाद्र २९

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीमा रहेकाे जीवन ज्याेति  मा. वि. मा  बालदिवश तथा तीज गीत प्रतियागिता सम्पन्न भएकाे छ ।

 

बालबाबालिकामा लगानीः सुनिश्चित भविष्यका थालनी भन्ने बालदिवसकाे मूल नारासहितकाे  व्यानर र प्लेकार्ड सहित बिद्यालयका कक्षा ११ र १२ का बिद्यार्थीहरूले बिद्यालयदेखि र्याली निकालेर बिरूवाटार बजार परिक्रमा गरी बिद्यालय पुगेर बालदिवसका बारेमा जानकारी गराएका थिए । साे अवसरमा बिद्यार्थीहरूले बालदिवस २०८० काे मूल नारा बालबाबालिकामा लगानीः सुनिश्चित भविष्यका थालनी, बालदिवस २०८० सफल पाराैं, बाल अधिकारकाे संरक्षण गराैं जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । साेही क्रममा बिद्यालयका कक्षा ११, १२ संयाेजक रमेश खडका, सामाजिक शिक्षक दिपक अाेलिया, शिक्षक रविन्द्र कंडेल लगायतकाले बालदिवस काे महत्वका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै बालदिवस का साथै हरितालिका तीजकाे पूर्वसन्ध्याकाे अवसर समेत भएकाेले शुक्रबारे कार्यक्रम अन्तर्गत तीज गीत प्रतियाेगिता समेत गरिएकाे थियाे । बिद्यालयमा सम्पन्न तीज गीत प्रतियाेगितामा माैलिक तिज प्रस्तुती गरेका थिए । साे प्रतियाेगितामा मनासलु सदनकाे समूह प्रथम, कक्षा १२ काे समूह द्वित्तीय, अन्नपूर्ण सदनकाे समूह तृतीय र माछापुच्छे सदनकाे समूह सान्तवना भएकाे छ ।

कार्यक्रमकाे सञ्चालन बिद्यालयकी शिक्षिका कमला पन्थले गर्नुभएकाे थियाे । साे प्रतियाेगिताकाे पुरस्कार बितरण भने अाइतवार बिहान प्रार्थना समयमा बितरण गरिने बिद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.