Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
काठमाण्डाै १६ का वडाध्यक्षकाे डेङ्गुबाट निधन शुक्रबार शाेक बिदा

काठमाण्डाै १६ का वडाध्यक्षकाे डेङ्गुबाट निधन शुक्रबार शाेक बिदा

काठमाडौं महानगरपालिका वडा नं. १६का वडाध्यक्ष मुकुन्द रिजालको डेङ्गुबाट निधन भएपछि शुक्रबार शाेक बिदा दिइएकाे छ ।  वडाध्यक्ष रिजाललाइ स्वास्थ्यमा समस्या देखिएपछी भदाै १७ गते उपचारका लागि ग्रान्डी अस्पताल लगिएकाे थियाे । उपचारकै क्रममा अाज बिहान ७ः३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनिया देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले जानकारी दिनुभयाे ।  रिजाललाई डेंगीसमेत लागेको थियो ।

रिजालकाे नको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ, प्रवक्ता मानन्धरले भन्नुभयो । वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उहाँलाई ग्रान्डी अस्पताल लगिएको थियो ।

उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए । रिजाल २०२७ सालमा जन्मेका थिए।

उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए । सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। रिजालले मानव अधिकारवादी संघ संस्थामा रहेर पनि काम गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.