अजिरकोट गाउँपालिकामा अब खादा तथा प्लास्टिकजन्य सामान निषेध

गोरखाको अजिरकोट गाउँपालिकामा अब खादा तथा प्लास्टिकजन्य सामान निषेध गरिएको छ ।

आइतबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी अजीरकोटलाई स्वच्छ, सफा र हराभर राख्न प्लास्टिकजन्य फोहर तथा खादाको प्रयोग नगर्ने, नगराउने जनाएको हो ।

सार्वजनिक कार्यक्रममा खादा तथा प्लाष्टिकजन्य पदार्थ निषेध गर्ने घोषणा गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै सो घोषणा गरेको हो ।

‘अजिरकोट गाउपालिका गोरखाभित्र सार्वजनिक कार्यक्रममा खादा प्रयोगका साथै बोत्तलको पानी र अन्य प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाएकोले सोही बमोजिम गर्न गराउनु हुन सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker