नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पतालका लागि सहयोग हस्तान्तरण

तुलसीपुर, १९ असार । नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पताल सहयोग हस्तान्तरण गरेकोछ । नविल बैंक तुलसीपुर शाखाले आफ्नो वार्षिक कार्यक्रमको सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती आँखा अस्पताल तुलसीपुर दाङलाई तीन लाखको आर्थिक सहयोग गरेकोहो ।
राप्ती आँखा अस्पतालका मेसु डा सन्तोष सुवेदीको अध्यक्षता तथा नविल बैंक देउखुरी कलष्टरका प्रमुख मुरारी प्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्यालले अन्धोपन न्यूनिकरण गरि उज्यालो पर्दान गर्ने सबैको दायित्व भएको भन्दै आफुहरुको सानो सहयोगले पनि अस्पताललाई टेवा पुग्ने बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले पनि विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको भन्दै आँखा जस्तो संवेदन शिलमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको सुनाए ।
‘उज्यालो अभियानमा हाम्रो साथ र सहयोग सधै रहने छ हामीहरुले अस्पताललाई अन्यसहयोग पनि हुने छ “उनले भने । त्यस्तै नविल बैंक तुलसीपुर शाखाका प्रमुख सुधिर भण्डारीले बैंक पनि यसै समाजको एक अङ्ग भएको भन्दै हुँदा बैंकले आफ्नो नाफाबाट समाजलाई फाइदा हुने सामाजिक काममा लगानी गर्दै आएको बताए । उनले यस कार्यक्रमका बीच नविल बैंक तुलसीपुर शाखाले राप्ती आँखा अस्पताललाई आँखा उपचारमा सहयोग होस् भनेर भौतिक पूर्वाधार विकासको लागि रु तीन लाख उपलब्ध गराउन पाउँदा आफुहरु अत्यन्तै हर्षित भएको बताए । उनले सहयोगले आँखाको उपचारमा अस्पताललाई अझ सबल बनाउन केही सहयोग पुग्ने अपेक्षा गरे ।
उनले बैंकले आगामी दिनमा पनि अन्य किसिमको सहयोगलाई जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले बैंकले गरेको सहयोग प्रति खुसी व्यक्तगर्दै यस सहयोगले पकैपनि आँखा स्वास्थ्य सेवा र अन्धोपन न्यूनिकरणमा सहयोग पुग्ने भन्दै सहयोग गर्ने नविल बैंकलाई धन्यवाद दिदै थप सहयोगको लागि आग्रह गरे । कार्यक्रममा राप्ती आँखा अस्पतालका मेसु डा. सन्तोष सुवेदीले सहयोग गर्ने बैंकलाई धन्यवाद दिदै यसमा सक्रिय रुपमा भुमिका खेल्ने सवैलाई धन्यवाद दिए । उनले आँखा विरामीलाई सो सहयोगबाट टेवा पुग्ने बताए ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका निमित्त प्रमुख शालिकराम गौतमले स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खडकाले गरेका थिए । त्यस्तै नविल बैंक लमही शाखाले पनि लमही आँखा अस्पताल लमहीलाइ रु दुई लाख स्वीकृत भइसकेको जानकारी गराएको थियो ।
Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.