Trending

शिक्षामा सुधारका लागि पालुङटारमा ७२ घण्टे उपचारात्मक कक्षा शुरू

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रयासस्वरूप ७२ घण्टे उपचारात्मक कक्षा शुरू गरेकाे छ ।

भुकम्प र काेराेनापछि लगातार केही बर्ष बिद्यार्थीहरूकाे पठनपाठनमा अबराेध अाएका कारण शैक्षिक स्थिति खस्कँदै गएकाे जसका कारण अाधारभूत तथा माध्यमिक तहकाे अन्तिम परीक्षाकाे नतीजामा कमजाेर देखिएकाले साे काे सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएकाे शिक्षा शाखाका अधिकृत माधव पाेखरेलले जानकारी दिनुभयाे ।

यस अन्तर्गत पालिकाभित्र सञ्चालित सबै माध्यमिक विद्यालयहरूका लागि कमजाेर भएका बिषयहरूका लागि समय मिलाएर अनिवार्य रूपमा ७२ घण्टा शिक्षणा गर्नुपर्ने र साे बापत शिक्षण गरेका शिक्षकहरूका लागि पालिकाबाट प्रति पिरियड रू.३५० का दरले उपलब्ध गराइने बताइएकाे छ ।

बिद्यालयले कमजाेर महसूस गरेका बिषय र कक्षा छनाेट गरी शिक्षण भइरहेकाे शिक्षा शाखाका अधिकृत पाेखरेलले बताउनुभयाे । यसरी शिक्षण गर्दा बिषयगत रूपमा बिद्यार्थीहरूका लागि बिषयगत अावश्यक अाधारभूत कुराहरू जानकारी गराइने हुँदा उनीहरूकाे शैक्षिक अवस्थामा सुधार अाउने बिश्वास लिइएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker