Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
चारकुने टाेलबिकास संस्थाद्वारा मृगाैलापिडित लाेक बहादुर सार्कीलाइ १४ हजार रूपैयाँ सहयाेग

चारकुने टाेलबिकास संस्थाद्वारा मृगाैलापिडित लाेक बहादुर सार्कीलाइ १४ हजार रूपैयाँ सहयाेग

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली खाल्टे निवासी मृगाैलापिडित लाेक बहादुर सार्कीलाइ वडा नं ७ बिरूवाटारमा रहेकाे चारकुने टाेलबिकास संस्थाले टाेलबासीहरूसंग जम्मा गरेर १४ हजार रूपैयाँ नगद सहयाेग गरेकाे छ ।

बिगत लामाे समय बैदेशिक राेजगारमा रहनुभएका सार्कीकाे दुवै मृर्गाैलामा समस्या देखिएपछि लामाे समयदेखि डायलाासिस गराइरहनुभएकाे छ । हाल उहाँले गाेरखाकाे गाेरखा अस्पतालबाट डायलासिस सेवा लिइरहनुभएकाे छ । पटक पटक डायलासिस गर्न गइरहनुपर्ने र अाफ्नाे अार्थिक अवस्था कमजाेर भएका कारण सहयाेगकाे याचना गरेपश्चात सहयाेगकाे लागि टाेल बिकास संस्थाका अध्यक्ष बिकास परियारकाे सक्रियतामा टाेलवासीहरूसंग रकम उठाएर अाज उहाँलाइ हस्तान्तरण गरिएकाे हाे । हस्तान्तरणपछि उहाँले सहयाेग गरेकाेमा टाेलबिकासलाइ धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने अरू व्यक्ति वा संस्थाहरूलाइ पनि सहयाेगकाे लागि अनुराेध गर्नुभएकाे थियाे ।

टाेलबिकास संस्थाका पदाधिकारीहरूकाे उपस्थितिमा १३ जेठ का दिन बिहान बिरूवाटार बजारमा साे रकम हस्तान्तरण गरिएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.