Trending

प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ४ जना पक्राउ

गाेरखा जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ४ जना पक्राउलाइ पक्राउ गरेकाे छ ।

गत जेठ १० गते राति करीब ११ बजेकाे समयमा गाेरखा सदरमुकाम नजिकै वडा नं. ८ बराह क्षेत्रमा मादक पदार्थ सेवन गरी हाेहल्ला गरेका व्यक्तिहरूलाइ सोधपुछ तथा सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई नै अपशब्द प्रयोग गरी तथानाम गाली गलौज तथा धाक-धम्की दिई डिउटीमा बाधा अवरोध पुर्‍याएकाेले ३ जनालाइ सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा गोरखा न.पा. वडा नं.५ बस्ने बर्ष ३४ को राम कुँवर, वडा नं.८का  ३३ बर्षका अजय गुरुङ र  वडा नं.४ बस्ने बर्ष ३१ को दिनेश थापा रहेकाे जनाइएकाे छ ।

त्यस्तै गरी गाेरखाकै बारपाक सुलिकोट गा.पा. वडा नं.४ घुनचोक स्थितमा ऐ. ऐ. सिमथली बस्ने बर्ष २५ को काजी मग्रातीलाई पनि साेही रात ईलाका प्रहरी कार्यालय जौबारी काे टाेलीले डिउटीमा खटिएका प्रहरी टोलीलाई अपशब्द प्रयोग गरी गाली गलौज तथा धाक-
धम्की दिई डिउटीमा बाधा अवरोध पुर्‍याएको अाराेपमा पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker