Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
प्रथम दमाम भेट्रान गोल्ड कप 2023 को उपाधि सम्रानी फुटबल क्लबकाे पाेल्टामा

प्रथम दमाम भेट्रान गोल्ड कप 2023 को उपाधि सम्रानी फुटबल क्लबकाे पाेल्टामा

साउदीमा कार्यरत नेपाली श्रमिक बीच सञ्चालन गरिएकाे प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिताकाे उपाधी सम्रानी फुटबल क्लब दमामकाे पाेल्टामा परेकाे छ ।
अप्रिल २२ तारिखका दिन नेपाली नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसीय खुल्ला दम्माम भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिता अायाेजना गरिएकाे थियाे ।
कुल २० टिमकाे सहभागिता रहेकाे साे खेलमा बिजेता सम्रानी फुटबल क्लब ले  ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता युनाइटेड फुटबल क्लबले २ हजार ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) सहित  ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिएकाे साउदीबाट अाेम बहादुर कुमालले जानकारी दिनुभयाे ।
खेलकाे मुख्य प्रायोजकका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति साउदी अरब रहेको छ भने   सह-प्रायोजक  चौधरी ग्रुप (वाई वाई चाउचाउ) र फ्रेन्डी प्याकेज रहेकाे साे खेलमा  युनाइटेड फुटबल क्लबलाई २:० ले हराउदै सम्रानी फुटबल क्लब बिजयी बनेकाे हाे ।
अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा खेल सञ्चालन भएकाे खेलकाे समापन समाराेहमा साउदी अरबका लागि नेपाली राजदूत नबराज सुवेदीबाट पुरस्कार बितरण गरिएकाे थियाे  ।
खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, सर्वाधिक गाेलकर्ता, उत्कृष्ट डिफेन्डर लगायतका बिधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे अायाेजकले जनाएकाे छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.