अाेम बहादुर कुमाल, साउदी अरव
अप्रिल २२
साउदीमा कार्यरत नेपाली श्रमिक बीच सञ्चालन गरिएकाे प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिताकाे पहिलाे दिन १० खेल सम्पन्न भएका छन् ।
अप्रिल २२ तारिखका दिन नेपाली नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसीय खुल्ला दम्माम भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिता अायाेजना गरिएकाे बताइएकाे छ ।
कुल २० टिमकाे सहभागिता रहेकाे साे खेलमा बिजेता हुने टिमलाइ ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता टिमले २ हजार ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने अायाेजकले जनाएकाे छ ।
खेलकाे मुख्य प्रायोजकका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति साउदी अरब रहेको छ भने सह-प्रायोजक चौधरी ग्रुप (वाई वाई चाउचाउ) र फ्रेन्डी प्याकेज रहेकाे छ ।
अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा खेल सञ्चालन भइरहेकाे छ भने फाइनल खेलपछि काे समापन समाराेहमा साउदी अरबका लागि नेपाली राजदूत नबराज सुवेदीबाट पुरस्कार बितरण गरिनेछ ।
खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, सर्वाधिक गाेलकर्ता, उत्कृष्ट डिफेन्डर लगायतका बिधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ ।
Facebook Comments Box
Post Views: 212