Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
बैशाख ८ र ९ गते प्रथम दमाम कप फुटबल हुदै : प्रथम पुरस्कार १ लाख ७७ हजार

बैशाख ८ र ९ गते प्रथम दमाम कप फुटबल हुदै : प्रथम पुरस्कार १ लाख ७७ हजार

अाेम बहादुर कुमाल, साउदी ।

साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार राशी रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना गर्नका लागि मुख्य प्रायोजकका रुपमा संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति साउदी अरब रहेको दम्माम भेट्रान क्लबका महासचिव पासाङ्ग शेर्पाले बताउनु भएको हो।

उहाँको भनाई अनुसार, नेपाली नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसीय खुल्ला दम्माम भेट्रान गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजनाका लागि प्रथम पुरस्कार ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) धनराशि संघीय लिम्बुवान सामाजिक मञ्च साउदीले प्रायोजन गर्ने छ। जसमा गोल्डकपको मुख्य प्रायोजक रहेको छ। आर्थिक सहयोग संगै च्याम्पियन टिमलाई ट्रफी ,प्रमाणपत्र ,मेडल समेत दिने छ।

सह-प्रायोजक अन्तर्गत गोल्डेन स्पोन्सर चौधरी ग्रुप (वाई वाई चाउचाउ) र फ्रेन्डी प्याकेजले  गरेको छ भने प्रमुख सहयोगीमा राजु शैयद् ,श्रीयावा लिम्बु, राजेन्द्र (जोन) अर्याल, कुबेर हुमागाई, जेन कुमार लामा, उमेश भट्टराई र राम चन्द्र पौडेल रहेका छन् ।

प्रतियोगिता २०८० बैशाख ८ र ९ गते अर्थात (२०२३ अप्रिल २१ र २२ तारिख) दिउसो ३ बजे अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा उद्धघाटन हुने छ । गोल्डकपमा टिम दर्ता शुल्क ७ सय साउदी रियल रहेको छ । प्रतियोगिता बिजेता च्याम्पियन टिमले ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता टिमले २ हजा् ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) ट्रफि, प्रमाणपत्र , मेडल हात पर्ने छन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.