Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
बन्दिपुर गाउँपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारितः खुल्याे कित्ताकाट

बन्दिपुर गाउँपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारितः खुल्याे कित्ताकाट

बन्दीपुर गाउँपालिकाले भू उपयाेग कार्यविधि २०७९ पारित गरेसंगै लामाे समयदेखि राेकिएकाे जग्गाकाे कित्ताकाँट खुलेकाे छ ।

गत चैत्र ३० गते पालिकाकाे परिषद बैठकबाट कार्यबिधी पारित गर्दै कित्ताकाट खाेलेकाे हाे । गाउँपालिकाले  ६ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको बताइएकाे छ ।

भूउपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभएकाे छ । तनहुँका केही स्थानिय तहले सम्पुर्ण रुपमा नियमअनुसार नछुट्याएतापनि यस अघि आँबुखैरेनी गाउँपालिका र अहिले बन्दिपुर गाउँपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेका छन् ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाइ पत्राचार गरीएको गाउँपालिकाले जनाएकाे छ ।

गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो ।   भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन, २०७६ ल्याएको थियो। उक्त ऐन कार्यान्वयन गर्न २०७९ साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्याएकाे छ ।

नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.