Trending

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् ।

अजिरकोट गाउँपालिका वडा नं ४ सिरानडाँडाका ४९ वर्षीय डिलबहादुर तामाङ शनिबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङका विरुद्ध आइतबार जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भएको छ ।

गोरखा जिल्ला अदातल गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker