तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा र महासचिवमा चितवनका चित्रबहादुर तमू निर्वाचित

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा स्याङ्जा चित्रबहादुर तमू र महासचिवमा चितवनका  चित्रबहादुर तमू निर्वाचित भएका छन ।
कास्कीको ताङतिङ (तोनी नासा)मा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा लालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

यही चैत २४ देखि २६ गतेसम्म भएको महाधिवेशनबाट उपाध्यक्षमा कास्कीकी खिमाकुमारी गुरूङ, महासचिवमा चितवनका चित्रबहादुर गुरूङ (सोल्टी), सचिवमा रूपन्देहीका कोमबहादुर गुरूङ र कोषाध्यक्षमा गोरखाकी अनिता गुरूङ चयन भएका छन्। सदस्यहरूमा भने काठमाडौँका केशव गुरूङ, कास्कीका किरण गुरूङ र इन्द्रबहादुर गुरूङ, गोरखाका केशव गुरूङ, धादिङका दोलख गुरूङ र चितवनका दानबहादुर गुरूङ निर्वाचित भएका छन्।

तीन दिनसम्म चलेको महाधिवेशनले १७ बुँदे घोषणापत्रसमेत जारी गरेको छ। घोषणापत्रमा समावेश विषयवस्तुहरू यसप्रकार छन् :
१) सम्पूर्ण तमू (गुरूङ) सञ्चारकर्मीबीच नियमित सम्पर्कमा रही व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध अभिवृद्धिका लागि उपयुक्त वातावरण सिर्जना गर्ने।
२) तमू (गुरूङ) सञ्चारकर्मीहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको व्यवस्थासँगै स्थानीय तथा प्रदेश तहमा कार्यरत सञ्चारकर्मीहरूलाई मूलधारको सञ्चार माध्यममा अवसरको सहजिकरणमा जोड दिने।
३) संस्थालाई सक्रिय तुल्याउँदै संस्था र तमू (गुरूङ) सञ्चारकर्मीहरूको प्रतिष्ठा अभिवृद्धि गर्न निरन्तर कृयाशील रहने।
४) सञ्चार क्षेत्रमा आउने तमू समुदायका नयाँ पिँढीलाई प्रोत्साहित गरिने।
५) कार्य क्षेत्रमा खटिँदा वा अन्य अवस्थामा आइपर्ने भवितव्य दुर्घटना आदिमा सामूहिकरूपमा सहयोग लिने/दिने व्यवस्थाका लागि संस्थाले प्रभावकारी ढंगले काम गर्ने। त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने।
६) तमू (गुरूङ) सञ्चारकर्मीहरूलाई व्यावसायिकरूपमा सबल र सक्षम बनाउनुका साथै उनीहरूको आर्थिक अवस्था सुदृढ तुल्याउन विभिन्न उपायको खोजी तथा अवसर सिर्जना गरिने।
७) राष्ट्रियस्तरका सञ्चार माध्यमहरूका समाचार कक्ष तथा कार्यक्रम उत्पादनमा समावेसी बनाउन दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने।
८) राष्ट्रिय सञ्चार माध्यमहरूमा संविधानमा व्यवस्था भएको समावेशी सम्बन्धी ऐन नियमहरूको अक्षरशः कार्यान्वयन गर्दै समावेशी ऐन नियमविपरितका सबै व्यवस्था तत्काल संशोधन गर्न दबाब दिने।
९) देशका सबै भाषाभाषीको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारलाई दबाब दिने।
१०) प्रदेश तथा स्थानीय तहमा रहेका पहिलो भाषालाई प्राथमिकता दिई त्यसमा समाचार तथा कार्यक्रम उत्पादन र प्रशारण गर्ने र स्थानीय तहमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चार माध्यममा नियमितरूपमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन दबाब दिने।
११) देशका आदिवासी, जनजतिहरूको पहिचानलाई चीरस्थायी बनाउन संविधानप्रदत्त पहिचान सम्बन्धी अधिकारको कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने।
१२) आदिवासी जनजातिहरू समुदायका लागि जल, जंगल र जमिनसँग उनीहरूको परम्परागत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जनजीविकाको सम्बन्धलाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा सञ्चालन गरिने कुनै पनि विकास निर्माणका काममा स्थानीय आदिवासी, जनजतिका अधिकारलाई उच्च प्राथमिकतामा राख्न र उनीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्ने।
१३, विश्वभर छरिएर रहेका तमू समुदायका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि उपयुक्त वातावरण सिर्जना गर्न सञ्चार क्षेत्रबाट बहस र पैरवी गर्ने।
१४) देशभरका सञ्चार माध्यममा प्रशारण भइरहेका गुरूङ (तमू) भाषाका कार्यक्रम र समाचारहरूको विवरणसहितको अभिलेख तयार पार्ने।
१५) तमू समुदायको भाषा, संस्कृति, संस्कार, धर्म, परम्परा र ऐतिहासिक पृष्ठभूमिको उजागर गर्ने तथा समुदायको सर्वाङ्गीण हकहित र प्रतिष्ठा अभिवृद्धि हुने किसिमका कार्यक्रम तयार पारी देशभरका सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था मिलाउने।
१६) कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँको कृषि, पर्यटन, घरेलु उद्योगलगायतका विभिन्न क्षेत्रको विकाससँगै स्थानीय गुरूङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याई तदारूकताका साथ कार्यान्वयनमा ल्याउन गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग तम् सञ्चारकर्मी संघ, नेपाल जोडदार माग गर्दछ।
१७) तमू (गुरूङ) सञ्चारकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशन कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय बासिन्दा, स्थानीय आमा समूह, स्थानीय युवा क्लब र विभिन्न सहयोगी दाताहरूबाट प्राप्त भएको सहयोगको उच्च प्रशंसा गर्दै संघ हार्दिकतापूर्वक कृतज्ञता जाहेर गर्दछ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.