अल्पमतमा परिसकेकाले मार्गप्रशस्त गर्न मुख्यमन्त्री खगराजलाई कांग्रेसको सुझाव

पाेखरा । गण्डकी प्रदेशका ‘वेटिङ चिफ मिनिस्टर’ एवं नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएर बाहिरिएसँगै सरकार अल्पमतमा परेकाले मुख्यमन्त्री अधिकारीले मार्गप्रशस्त गर्न काँग्रेसले शनिबार पत्रकार सम्मेलन गरेर सुझाव दिएको हो । ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ पाण्डेले सम्मेलनमा बाँडेको विज्ञप्तिमा उल्लेख छ ।

कामचलाउ सरकार भएकाले आर्थिक दायित्व थुपार्ने एवं सरुवा–बढुवाका काम नगर्न मुख्यमन्त्री अधिकारीलाई पाण्डेले आग्रह गरे । पाण्डेले एमाले नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णयका बारेमा अब बन्ने सरकारले आर्थिक दायित्व बहन नगर्ने पनि बताएका छन् । कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकार नभएको उनले बताए । ‘तर, सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरणले भने हामीले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ,’ पाण्डेले भने, ‘निर्वाचनपछि केही समय ‘लिक’ बाहिर पुगेको राजनीति ‘लिक’मा प्रवेश गरेको महसुस गरेका छौं ।’

पाण्डेले चुनावमा होमिँदा जनतासामु व्यक्त गरेको प्रतिबद्धता साझा भएकाले काँग्रेस माओवादीको यो गठबन्धन नै प्राकृतिक भएको बताए । उनले ७ मन्त्रालयबाट बढाउने पक्षमा आफू नभएको पनि बताए । गण्डकी सरकारको नेतृत्व ठूला दलको नाताले स्वभाविक रुपमा काँग्रेसको हुने पनि उनले उल्लेख गरे । माओवादीसँग आधा आधा कार्यकालको सहमतिबारे आफूलाई थाहा नभएको भन्दै पार्टीको निर्णय अनुसार नै आफू चल्ने बताए ।

गण्डकीमा माओवादीले शुक्रबार समर्थन फिर्तासँगै २ मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ६० सदस्यीय प्रदेश सभामा उनले बहुमत पु¥याउन सक्ने अवस्था छैन । एमालेको २२ सिट मात्र छ । अर्को प्रतिपक्षी राप्रपाका २ सिट छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले कांग्रेस दल नेता पाण्डे स्वतः मुख्यमन्त्री बन्ने छन् ।

गण्डक न्युजबाट

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.